गुरुकुल विद्या सदनमा विदाइ

-


     अन्नपूर्ण खबर     
     चैत्र १६ गते २०८१ मा प्रकाशित


पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई विदाइ गरिएको छ ।

       विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार भएको एक कार्यक्रमका बीच उनीहरुलाई खादा एवम् मायाको चिनो प्रदान गरी विदाइ गरिएको हो।

       त्यस अवसरमा भनाई राख्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठनका अलवा अनुशासनलाई पनि ख्याल गर्न सुझाव दिए ।उनले कार्यक्रमले विद्यार्थी बीच भारचाराको सम्बन्ध स्थापीत गर्ने उल्लेख गर्दै गुरुकुलले अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिर्दै आइरहेको स्पष्ट पारे ।

       विद्यालय अध्यक्ष रवि कार्कीले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालय सधै प्रयत्नशील रहेको औँल्याउँदै संस्कारयुक्त शिक्षा नै गुरुकुलको मूल मान्यता भएको स्पष्ट पारे ।विद्यालय निरन्तर अगाडि बढ्दैछः त्यसमा सरोकारवाला सबैको साथ पाइएको छ, अझै हामी विद्यालयलाई थप उचाईमा लैजान्छौंः कार्कीले भने ।

       प्रधानाध्यापक भवन सुवेदीले ज्ञान, संस्कार एवम् सोचको त्रिवेणी गुरुकुल भएको जनाउँदै विद्यार्थीका रचनात्मक प्रस्तुति माध्ययमका लागि पनि कार्यक्रम फलदायी बनेको बताए।

       दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

       त्यस अवसरमा लेखापाल हरी ढकाल, कक्षा १२ की अनुजा रानामगर, कक्षा ११ का अनुष नौवाग, विद्यार्थीहरु रेनु परियार, विपिका क्षेष्ठ लगायतले पनि भनाई राखे ।कार्यक्रम कक्षा ११ विज्ञान समूहका आलोन भट्टको अध्यक्षतामा भएको हो ।

       कार्यक्रमका बीच विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे भने खेलकुद एवम् अन्य विभिन्न विद्या तर्फका पुरस्कार पनि वितरण गरियो।