चैत २४ देखि १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव

-


     श्रीभद्र पौडेल    
     फागुन १६ गते २०८१ मा प्रकाशित


१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आगामि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।

       आयोजक विष्णुपादुका क्लवले शुक्रबार सरोकारवालासँगको छलफलसँगै महोत्सव मिति तय गरेको हो ।महोत्सव सम्पन्न गर्न क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।जसको महासचिवमा हिक्मत थापा, सचिवमा विकल थापा, कोषाध्यक्षमा राम सापकोटा तथा सहकोषाध्यक्षमा शोभा कोइराला त्रिपाठी छनोट भए।

त्यस्तै भेलाले विभिन्न उपसमिति पनि निर्माण गरेको छ ।जसअनुसार अर्थ संकलन उपसमितिमा डम्बरबहादुर कुँवर, प्रचारप्रसारमा निराजन अधिकारी, सांस्कृतिकमा सुर्यबहादुर कुँवर, आमा समूह परिचालनमा अप्सरा तिम्मिल्सीना, आलु व्यवस्थापनमा जयराम तिमिल्सीना, कृषि समूह परिचालनमा राजेन्द्र कार्की, स्टल तथा रेष्टुरेन्ट व्यवस्थापनतर्फ राजेन्द्र थापा, सचिवालय व्यवस्थापनतर्फ चन्द्रमान् श्रेष्ठ संयोजक चयन भए ।

त्यस्तै अतिथी सत्कारमा सोचना केसी, सचिवालय संचालनमा सन्तोष पौडेल, स्वयम्सेवक इन्द्र थापा, संघसंस्था परिचालनमा कृष्ण पौडेल, कृषि प्राविधिक परिचालनमा चन्द्रकान्त तिमिल्सीना, पानी बत्ती बिजुलीमा केशव गिरी, सरसफाईमा नवराज पौडेल, युवा परिचालनमा सुर्य कार्की, शान्ति सुरक्षामा राजेन्द्र थापा, झाँकी ¥यालीमा उमा पौडेल तथा टिकट व्यवस्थापनमा राजु श्रेष्ठ संयोजक छनोट भए ।

भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले राष्ट्रिय हेमजा आलु महोत्सव समग्र पोखरेलीको चाड भएको औँल्याउँदै त्यसलाई अझ सुदृढ एवम् परिमार्जन गर्दै लैजानुपर्ने बताए ।प्रवक्ता तिमिल्सीनाले महोत्सवमा पोखरा महानगरको साथ रहने प्रतिबद्धता जनाउँदै कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको औँल्याए।

कार्यपालिका सदस्य धना पोखरेल तिमिल्सीनाले महोत्सव मार्फत क्रमशः हेमजा सबल बन्दै गइरहेकोमा खुशी व्यक्त गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने धारणा राखिन् ।

क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले आलु महोत्सव संचालन गरी हेमजाका किसानलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पार्दै आलुको उत्पादकत्व बढाउन लाग्नुपर्ने जनाए।उनले विगतका झै यसपटक पनि सबैको साथ सहयोग पाउने विश्वास लिए ।

त्यस अवसरमा स्थानीयहरु दानबहादुर थापा, रमेश कार्की, कृष्ण श्रेष्ठ, चन्द्रकान्त तिमिल्सीना, मीना कुँवर, दीपक थापा, अप्सरा तिमिल्सीना, उमा भूर्तेल पौडल, तिलकप्रसाद तिमिल्सीना, निलकण्ठ पौडेल, धनबहादुर थापा, रामचन्द्र सुवेदी लगायतले विभिन्न सुझाव दिए ।

क्लव अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लव सचिव हिक्मत थापाले संचालन गरे ।