
पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा आगामि वुधबार विद्यार्थी प्रतिभा प्रदर्शनी एवम् खाद्य महोत्सव हुने भएको छ ।
कक्षा १२ का विद्यार्थीको आयोजनामा हुने सो दिनको कार्यक्रमले रचनात्मकता, मनोरञ्जन एवम् स्वादिष्ट स्वादले भरिएको रोमाञ्चक दिनको अनुभूति दिने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागि हुन विद्यालयले विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायमा आवहान समेत गरेको छ ।
प्रतिभा प्रदर्शनी अन्र्तगत श्रृंखलाबद्ध रुपमा विद्यार्थीले आफ्ना कलात्मक सीप प्रस्तुत गर्नेछन् । त्यस अवसरमा गायन, नृत्य, नाटक, स्ट्यान्ड–अप देखि कमेडीसम्मले स्टेज तताउने दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमसँगै विद्यार्थीलाई चर्चामा आउन तथा आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहित मिल्ने विश्वास गरिएको छ । जसले रचनात्मक प्रस्तुतिका लागि प्लेटफर्म प्रदान गर्नेछ ।
त्यस्तै सोही दिन प्रतिभा प्रदर्शनका अतिरिक्त होटल व्यवस्थापनका विद्यार्थीले पकाएका स्थानीय तथा अन्तर्राष्ट्रिय खानाका परिकारले पनि सहभागीलाई लोभ्याउनेछ ।
कार्यक्रम मनोरञ्जन तथा खानाका परिकार बारेमा मात्र नभई सामुदायिक भावनालाई बढावा दिर्दै विद्यार्थीका प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको होटल व्यवस्थापन इञ्चार्ज रविन्द्र भण्डारीले बताउनुभयो ।