
त्रिभुवन विश्वविद्यालयको पचासौँ दीक्षान्त समारोहमा एउटा अनौठो संयोग भेटिएको छ । एकै घरका बुबा छोरा सँगसँगै एकैपटक दीक्षित भएका छन्।
समारोहमा कोमलप्रसाद मल्ल (बुबा त्रि.वि. रजिस्ट्रेसन नं. ५५५२६–८८) ले रसायनशास्त्र विषयमा केन्द्रीय रसायनशास्त्र विभाग कीर्तिपुर, काठमाडौँबाट मिति २०२३–७ –२७ मा विद्यावारिधि सम्पन्न गर्नुभएको थियो ।
उहाँ हाल पोखरा विश्वविद्यालय अन्तर्गत सह–प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ ।
त्यसैगरी उहाँको छोरा डा.कौशल मल्ल (त्रि.वि. रजिस्ट्रेसन नं. ४–२–२००–४५–२०१६) ले नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान भण्डारखाल, काठमाडौँबाट मिति २०२३–१२–१२ मा एम.बी.बी.एस. को अध्ययन पूरा गर्नु भएको थियो।
उहाँ हाल लमजुङ जिल्ला अस्पतालमा मेडिकल अधिकृत पदमा कार्यरत रहेको जनाइएको छ ।