
प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ ।
प्रेस सेन्टर कास्कीको बुधबार बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो ।जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन सम्पन्न गर्ने गरी विभिन्न उपसमिति समेत गठन गरी जिम्मेवारी तोकेको छ ।
प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा यहि माघ १५ गते हुँदैछ ।त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न गरिने बताइएको छ ।
कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ।
यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन भएको छ । त्यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य छन् । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति पनि गठन भएको छ ।
सचिव पुष्प दाहालको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिको सदस्यमा सिद्धान्त शाही, वलराम तिमिल्सिना र अर्जुन हिताङ छन् ।
त्यस्तै कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति संगठन गरिएकोमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याललाई सदस्यको जिम्मेवारी दिइएको छ।
यसैगरी केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन भएको छ । उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य छन्।
केन्द्रीय सदस्य एवम् कास्की इञ्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति पनि तय गरिएको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल सदस्य रहेको तीन सदस्सीय निर्वाचन समिति पनि तय गरेको छ ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचित पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद् निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरियो ।
बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् कास्की इञ्चार्ज रामजीप्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा एवम् समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए।
सो अवसरमा अग्रज पत्रकार कोमलनाथ बराल, विश्वप्रकाश लामिछाने, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे लगायतले भनाई राखे।