गुरुकुल विद्यासदनमा विज्ञान प्रदर्शनी

-


     श्रीभद्र पौडेल    
     पौष ५ गते २०८१ मा प्रकाशित


पोखरा ९ नयाँबजार स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयमा शुक्रबार विज्ञान प्रदर्शनी भएको छ।

       त्यस अवसरमा कक्षा ११ तथा १२ विज्ञान विषय अध्ययनरत विद्यार्थीले तयार पारेका विभिन्न सामग्री प्रदर्शनी गरिएको हो ।प्रदर्शनीमा ३५ समूहमा विद्यार्थी सहभागि भए ।जसलाई अभिभावक, विद्यार्थी तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन पनि गरे।

       प्रदर्शनी अन्र्तगत स्मार्ट सिटी, रोवर्ट, जीव विज्ञान, रासायनिक विज्ञान, फोक्सोका विभिन्न नमूना, कार्वनडाईअक्साइड प्रशोधनका सामग्रीहरुमा विद्यार्थीको चाँसो बढी रहयो ।

       प्रदर्शनी उद्घाटन गर्दै वायुमण्डलीय वैज्ञानिक डा. जीवन रेग्मीले गुरुकुलले उत्कृष्ट प्रदर्शनी गरेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।शैक्षिक गुणस्तर एवम् क्रियाकलापका कारण गुरुकुलको ख्याति बढ्दै गएको जनाउँदै डा.रेग्मीले गुरुकुल वास्तविक गुरुकुल महशुस हुँदै आएको औँल्याए ।

       विद्यालय अध्यक्ष रवि कार्कीले सिर्जनशीलताको महत्व प्रकाश पार्दै विद्यालयले पठनपाठनका अलावा अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आएको बताए । उनले विद्यार्थीको चौतफी विकासमा विद्यालय प्रयासरत रहेको धारणा राख्दै आगामि दिनमा सिर्जनशील गतिविधिलाई अझ प्राथमिकता दिँदै जाने स्पष्ट पारे ।

       प्रधानाध्यापक नारायण आचार्यले विद्यार्थी सक्रियताको प्रशम्सा गर्दै विद्यार्थीका सकारात्मक क्रियाकलापमा विद्यालय प्रशासनको सधै साथ रहने प्रतिबद्धता जनाए ।

       त्यस अवसरमा सहप्रधानाध्यापक भुवन सुवेदी, दश जोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठ, लेखा प्रमुख हरी ढकाल, शैक्षिक विभाग प्रमुख प्रमोद बराल, सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक अशोक स्वती लगायतले पनि धारणा राखे ।

विद्यालयमा हाल कुल एक हजार दुई सय ५० विद्यार्थी पढ्छन् । कक्षा १ देखि १२ सम्म संचालित उक्त विद्यालयमा दश जोड दुईतर्फ विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन साथै ट्राभल एन्ड टुरिजम विषयको पठनपाठन हुने गरेको छ ।

विद्यालयका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह प्रधानाध्यापक सुवेदीले स्वागत तथा संचालन शैक्षिक विभाग प्रमुख बरालले गरे।