न्याश्नल इन्भेन्टिभ छात्रा भलिवलतर्फ च्याम्पियन

-


     अन्नपूर्ण खबर     
     मंसिर २४ गते २०८१ मा प्रकाशित


प्याब्सन कास्कीद्वारा आयोजित १८ औं प्याब्सन स्पोर्टस मिटमा न्याश्नल इन्भेन्टिभ मावि बैदामले छात्रा भलिवलतर्फ स्वर्ण पदक प्राप्त गरेको छ ।

पोखरा रंगशालामा १४ मंसिर देखि २३ गतेसम्म सञ्चालित स्पोर्टस मिटमा करिव ३ हजार विद्यार्थीले भाग लिएका थिए ।

कूल २१ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा न्याश्नल इन्भेन्टिभले प्रि–क्वाटर फाइनलमा स्टेप बाई स्टेप माविलाई, क्वाटर फाइनलमा सिर्जना माविलाई, सेमीफाइनलमा टप्स माविलाई र फाइनलमा न्यूमिलिनियम एकेडेमीलाई लगातार दुई सेटमा परास्त गर्दै उपाधि हात पारेको हो ।

सो प्रतियोगितामा न्याश्नल इन्भेन्टिभ माविकै कक्षा १० की छात्रा कृतिका लुङ्गेलीले वेस्ट प्लेयरको उपाधि हात पारेकी छन् ।

 १८ औ प्याब्सन स्पोर्टस मिटको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बिजेता खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।