
नेपाल रेडक्रस सोसाइटी कास्कीले युवा रेडक्रस सर्कलका शिक्षक नायकका लागि आधारभूत प्राथमिक उपचार तालिम दिएको छ ।यहि असोज २ गतेदेखि ५ गतेसम्म आवासिय रुपमा तालिम दिइएको हो।
तालिम उद्घाटन गर्नुहुँदै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले रेडक्रससँग मिलेर अन्नपूर्ण गाउँपालिकाले मानवीय सेवाका कार्यहरु गर्ने उल्लेख गर्नुहुँदै स्वयम्सेवाको भावना महत्वपूर्ण भएको औँल्याउनुभयो।
तालिम समापन गर्नुहुँदै रेडक्रस केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे तथा कास्की सभापति डण्डराज शर्मा लगायतले तालिमसँगै सर्कलका गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै प्राथमिक उपचारबारे ज्ञान नहुदाँ कतिपयले अकालमै ज्यान गुमाउने गरेको भनाई राख्नुभयो।
त्यस अवसरमा अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, रेडक्रसका उपमन्त्री रमा कोइराला, गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, कास्की कोषाध्यक्ष सन्तोष अधिकारी लगायतले रेडक्रस अभियान बारेमा धारणा राख्नुभयो ।
कार्यक्रममा राजेश घिमिरे, नवराज भण्डारी, मोहनसिंह खड्का, सुजन पौडेल र मित्रलाल सुवेदीले प्रशिक्षण सहजीकरण गर्नुभयो।
रेडक्रस जिल्ला सदस्य समेत रहनुभएका जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ढिकुरपोखरी उपशाखा सभापति नारायणप्रसाद भण्डारीले स्वागत तथा कास्की शाखा सदस्य समेत रहनु भएकी समिति सचिव वविता सुवेदीले कार्यक्रम संचालन गर्नुभयो।