सिद्धभूमि सहकारीमा पुनः दुर्गादत्त दाहाल

-


     श्रीभद्र पौडेल    
     भाद्र २९ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका २ स्थित सिद्धभूमि बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको ११ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले पुनः दुर्गादत्त दाहाल(सुर्य)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

       समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा दीपकराज दाहाल, कोषाध्यक्षमा भानुभक्त अधिकारी तथा सहसचिवमा टंकप्रसाद अधिकारी छन् ।अधिवेशनले खेमराज दाहाल, भरतराज दाहाल, राममाया दाहाल, लक्ष्मी चपाई सापकोटा, टंकप्रसाद दाहाल र दीपक अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ ।

       त्यस्तै विष्णुप्रसाद अधिकारी नेतृत्वमा नविन दाहाल र मोतिलाल दाहाल सदस्य रहने गरी लेखा सुपरीवेक्षण समिति तथा टंकप्रसाद अधिकारीको संयोजकत्वमा नारायणप्रसाद दाहाल सदस्य रहने गरी ऋण उपसमिति चयन गरिएको छ ।

       महेन्द्रराज दाहाल संयोजक तथा रविनाथ दाहाल र लक्ष्मी सापकोटा सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

       अधिवेशन उद्घाटन गर्नुहुँदै जेष्ठ सदस्य ईश्वरीप्रसाद दाहालले सहकारी मार्फत गाउँविकासमा टेवा पुगेको भनाई राख्नुहुँदै एकतामा नै शक्ति हुने औँल्याउनुभयो।

       सल्लाहकार रविनाथ दाहालले सहकारी दुःख सुखको चौतारी बनेको धारणा राख्नुहुँदै सहकारी मार्फत गाउँ चिनाउन सहयोग पुगेको स्पष्ट पार्नुभयो ।

       कार्यक्रमका बीच उत्कृष्ट किसानतर्फ तारापति दाहाल र सन्तोष अधिकारी, उत्कृष्ट कर्मचारीका रुपमा श्यामलाल अधिकारी, शेयर सदस्य दीपक अधिकारी तथा जेष्ठ सदस्य पुरुषोत्तम दाहाल(पुर्खे) सम्मानपत्र र दोसल्ला सहित सम्मानित हुनुभयो ।

       सहकारी अध्यक्ष दुर्गादत्त दाहालले सबैको विश्वासमा संस्था संचालन हुँदै आएको धारणा राख्नुहुँदै संस्था मार्फत शेयर सदस्यको आत्मनिर्भरतालाई जोड दिएको बताउनुभयो ।

       त्यस अवसरमा सचिव दीपकराज दाहाल तथा कोषाध्यक्ष भानुभक्त अधिकारी (कृष्ण) द्वारा प्रस्तत वार्षिक प्रगति प्रतिवेदन एवम् वार्षिक आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो।

       सहकारीका अध्यक्ष सुर्य दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष नारायणप्रसाद दाहालले स्वागत, सदस्य भरतराज दाहालले सात सिद्धान्त वाचन तथा सचिव दीपकराज दाहालले कार्यक्रम संचालन गर्नुभयो।