तीजमेलामा रमाए हेमजावासी (फोटो फिचर)

-


     श्रीभद्र पौडेल    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


विगतका वर्षहरुमा जस्तै यसपालिको तीजमेलामा पनि हेमजावासीहरु निकै रमाएको देखियो ।नाच्नेखेल्ने दिन भनेर चिनिने हरितालिकाको मुख्य दिन शुक्रबार विष्णुपादुका खेल मैदानमा दिनभर जसो हेमजाका दिदीबहिनी नाँचगान गरे ।

       कतिपयले छुट्टै अभिनय सहित गीत प्रस्तुत गरे भने विष्णुपादुका क्लवले आमा दिदीबहिनीहरुको हैसलाका लागि खैजरी मुजुरा लगायतका बाध्य सामग्री प्रदान गयो ।कार्यक्रमलाई वडा कार्यालय, विभिन्न व्यक्ति एवम् संघसंस्था तथा समयले पनि राम्रै साथ दियो ।

       आलु महोत्सवकै झल्को दिने गरी शुक्रबार दिनभर त्यहाँ सांस्कृतिक कार्यक्रम पनि भए ।

हेमजा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सहआयोजनामा भएको खुला तीजगीत प्रतियोगितामा कमलजौसी आमा समूह प्रथम भयो।

       उक्त प्रतियोगितामा देउराली आमा समूह द्वितीय, शान्ति आमा समूह तृतीय एवम् राधाकृष्ण आमा समूह तथा जनकल्याण आमा समूह सान्त्वना हुन सफल भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमशः नगद रु.२० हजार, १५ हजार, १० हजार, ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए।

       प्रतियोगिता अन्तर्गत नृत्यतर्फ प्रगतिशील आमा समूह प्रथम, स्वरतर्फ इन्द्रेणी आमा समूह पहिलो साथै उत्कृष्ट भेषभुषातर्फको पुरस्कार दहरे देउराली आमा समूहले हात पारेको छ।

       त्यस्तै दर्शक दीर्घबाट नृत्यतर्फ तारा ढुङगाना र मैयाँ तिमिल्सीनाले साडी, कल्पना भण्डारीले चप्पल, राधा बास्तोलाले झोला तथा विष्णु ढकाल र कमला भट्टराईले नगद पुरस्कार प्राप्त गर्न सफल भएको निर्णायक संयोजक गायक परशुराम अधिकारीले जानकारी दिनुभयो।प्रतियोगितामा गायक अधिकारीसँगै ज्ञानसरा जुग्जाली र लक्ष्मी सुवेदीले निर्णयकको भूमिका निर्वाह गर्नुभयो।

       मेला उद्घाटन गर्नुहुँदै कार्यवहाक वडाध्यक्ष समेत रहनुभएकी पोखरा महानगर कार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सीनाले कला संस्कृतिलाई बचाउन मेलाको भूमिका रहने औँल्याउँदै संस्कार संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।

       उपमेयरसँग महिला कार्यक्रम मार्फत वडाका महिलादिदीबहिनीका समस्या समाधान गर्न आफूले प्रयास गर्ने जनाउँदै कार्यवहाक वडाध्यक्ष तिमिल्सीनाले विष्णुपादुका क्लवको भवन निर्माणमा वडाले समन्वय गर्ने विश्वास दिलाउनुभयो।उहाँले वडाको सहयोगमा दुई संस्था (संजाल र क्लव) मिली कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

       विष्णुपादुका क्लवका सचिव वसन्तकुमार श्रेष्ठले क्लव जीर्ण भवनबाट संचालन गर्नुपरेकोमा दुखेसो प्रकट गर्नुहुँदै वडाले नयाँ भवन निर्माणका लागि सहजीकरण गर्नुपर्ने बताउनुभयो।क्लवले संजालका गतिविधिमा सबैखाले सहयोग गर्न तयारी रहेको प्रतिबद्धता पनि उहाँले गर्नुभयो।

       संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले वडा, विष्णुपादुका क्लव, विभिन्न सहयोगी संघसंस्था एवम् व्यक्तिको सहयोगमा मेला आयोजना गरिएको जनाउँदै सबैलाई धन्यवाद दिनुभयो।

प्रथम पुरस्कार प्रायोजक भोजकुमारी त्रिपाठीले महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिर्दै त्यसका लागि स्वरोजगारको बाटो खोेज्नुपर्ने स्पष्ट पार्नुभयो ।

       मानव सेवा आश्रमका प्रतिनिधि मदन थापाले सहयोग आफैमा महत्वपूर्ण हुने धारणा राख्दै दीनदुःखीको सेवागर्दा वास्तविक धर्म मिल्ने जनाउनुभयो।

       त्यस अवसरमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनी, नेकपा एमालेका वडाध्यक्ष ऋषिराम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी वडा सभापति भरतराज अधिकारी लगायतले पनि तीजको महत्वबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमका बीच १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव झाँकी ¥यालीका सहभागि आमा समूह, बाल समुह, भजन समूह एवम् सामाजिक संघसंस्थालाई विष्णुपादुका क्लवले खैजरी, मुजुरा लगायतका सामग्री प्रदान गर्यो ।

महिला संजाल अध्यक्ष तिमिल्सीनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गंगा त्रिपाठीले स्वागत गीत, संजाल सहसचिव शान्ता केसीले स्वागत मन्तब्य तथा भगवती बजगाई अधिकारी र संजाल सचिव उमा भुर्तेल पौडेलले संयुक्त रुपमा कार्यक्रम संचालन गर्नुभयो ।