
पोखरा–२५, हेमजा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सहआयोजनामा हुन लागेको तीज मेलालाई सहयोग आउने क्रम जारी छ ।
मेला अन्तर्गत खुला तीज गीत, घैटो फुटाउने, रस्साकस्की लगायतका प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले जानकारी दिनुभयो ।
तीजगीतमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद रु.२० हजार, १५ हजार, १० हजार, ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार दुई समूहलाई प्रदान गरिने उल्लेख छ।
प्रथम पुरस्कार हेमजा निवासी होतराज त्रिपाठीले, द्वितीय पुरस्कार देवीस्थान सेवा समाजले, तृतीय पुरस्कार यू–टर्न क्षत्रीय कार्यालय पोखराले तथा सान्त्वना पुरस्कार विभिन्न ५ व्यक्ति÷संस्थाले प्रायोजन गरेको सहआयोजक विष्णुपादुका क्लवका सचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट नृत्य, भेषभुषा र शब्दलयलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
मेलाका बीच १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव झाँकी ¥यालीका सहभागि आमा समूहलाई खैजरी, मुजुरा लगायतका बाध्यवादन सामग्री प्रदान गर्ने उल्लेख छ ।
मेला सम्पन्न गर्न महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको नेतृत्वमा मूल समिति, गंगा भण्डारीको संयोजकत्वमा खेलकुद उपसमिति, गंगा थापाको नेतृत्वमा सांस्कृतिक उपसमिति तथा मीना कुँवरको संयोजकत्वमा अर्थ संकलन उपसमिति गठन गरी कार्य अगाडि बढाइएको हो ।
मेला विष्णुपादुका खेलमैदानमा भोली शुक्रबार हुँदैछ ।