स्थानीय तह संस्थागत क्षमता मूल्याङकनमा अन्नपूर्ण पहिलो

-


     श्रीभद्र पौडेल    
     भाद्र १५ गते २०८१ मा प्रकाशित


आर्थिक वर्ष २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता समूह मूल्याङकनमा कास्कीको अन्नपूर्ण गाउँपालिका जिल्लामै प्रथम भएको छ । अन्नपूर्णले ८३.२५ अङग प्राप्त गर्दै प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि ७ भदौमा देशभरका पालिकाको मूल्याङकन नतिजा सार्वजनिक गरेको हो । जसअनुसार पोखरा महानगर र मादी गाउँपालिकाले समान ८०.७५, रुपाले ७९.२५ र माछापुच्छ«ेले ७१.५ अङक प्राप्त गरेका छन् ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल तथा दुर्वल पक्षहरुको पहिचान गर्न यस्तो मूल्याङकन गर्ने गरिन्छ ।
त्यसका साथै विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुृलनायोग्य सूचकहरु तर्जुमा गर्ने गरिन्छ ।
यसले प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास गरिन्छ ।