हेमजा तीज मेलाको तयारी तीब्र

-


     श्रीभद्र पौडेल    
     भाद्र १४ गते २०८१ मा प्रकाशित


पोखरा–२५, हेमजा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सहआयोजनामा गर्न लागिएको तीज मेलाको तयारी तीब्र पारिएको छ ।मेलामा वडा कार्यालयको सहयोग भूमिका रहनेछ ।

मेला अन्तर्गत खुला तीज गीत, घैटो फुटाउने, रस्साकस्की लगायतका प्रतियोगिता हुने महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले जानकारी दिनुभयो । 

तीजगीतमा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद रु.२० हजार, रु.१५ हजार, रु.१० हजार, रु.५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाउने छन् । सान्त्वना पुरस्कार दुई समूहलाई प्रदान गरिने जनाइएको छ।

प्रथम पुरस्कार हेमजा निवासी होतराज त्रिपाठीले, तृतीय पुरस्कार यू–टर्न क्षत्रीय कम्पनीले तथा सान्त्वना सीता महाकाली एवम् पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रायोजन गरेको सहआयोजक विष्णुपादुका क्लव सचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 मेला विष्णुपादुका खेलमैदानमा हुनेछ ।हाल पत्राचारको कार्य धमाधम भइरहेको छ भने विभिन्न उपसमिति गठन गरी तयारीलाई तीब्र पारिएको छ ।