
पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब -बिटी_ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ सय ४ पिन्ट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिका–१, टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताउनुभयो ।
त्यहाँ क्लवका सदस्यहरु, पोखरा महानगरपालिका १ का स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का अध्यक्ष साहारा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन क्लव समच्छे आग्रह गर्नुभयो । उहाँले क्लबका सकारात्मक तथा रचनात्मक कार्यमा वडा सधै सहयोेग गर्न तयार रहेको स्पष्ट पनि पार्नुभयो ।

क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवाले प्राविधिक सहयोग गरेको हो ।
खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने गरेको क्लबले सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको क्लब अध्यक्ष अशिम थापाले बताउनुभयो ।