पोखरा ४ मा निःशुल्क दन्त शिविर

-


     श्रीभद्र पौडेल     
     असार १९ गते २०८१ मा प्रकाशित


नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा नं. ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ ।

       शिविर शुभारम्भ गर्नुहुँदै वडाध्यक्ष देवकृष्ण पराजुलीले बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै शिविर संचालन गरिएको स्पष्ट पार्नुहुँदै नेलम्बोसँग सहकार्य गरी शिविर संचालन हुनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले वडावासीको स्वास्थ्यमा सरलीकृत गर्न वडा तयार रहेको स्पष्ट पार्नुहुँदै कोरोना कालदेखि नै नेलम्बोले स्वास्थ्य क्षेत्रमा सहजीकरण गर्दै आइरहेको स्मरण गर्नुभयो ।

       नेलम्बोमा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले मुख स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर संचालन गरिएको धारणा राख्दै संस्थाले वालविकास परियोजना पनि संचालन गरिरहेको जानकारी दिनुभयो ।उहाँले शिविरवाट फाइदा लिन वडावासीमा आग्रह गर्दै दाँत स्वाथ्य रहेमात्रै आँत तन्दुरुस्त हुने उल्लेख गर्नुभयो।

       पोखरा ४ सहरी स्वास्थ्य केन्द्र प्रमुख सुजन पौडेलले शिविर प्रभावकारी बनाउनुपर्ने जनाउँदै स्वास्थ्य जीवनका लागि सन्तुलित आहार व्यवहार एवम् नियमित व्यायाम आवश्यक रहेको धारणा राख्नुभयो।

       डा.दीक्षा क्षत्रीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको उक्त शिविरमा २ दिनसम्म कुल एक सय २० जनाको मुख स्वास्थ्य परीक्षण गरिएको छ ।

       वडाध्यक्ष पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य पार्वती माकाजुले स्वागत तथा सहरी स्वास्थ्य केन्द्र प्रमुख पौडेलले कार्यक्रम संचालन गर्नुभयो ।