समाचार

जागरण अभियान राष्ट्रिय एकताको अभियानःअध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ । अभियानका क्रममा पोखरा आइपुगेको अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले हिजो साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखि सुरु भएर पोखरासम्म आइपुग्दा माओवादी जागरण अभियान आम जनता सबैको अभियान बन्न पुगेको बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो,“स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा(एमाले)का सरकार भएका ठाउँमा समेत पालिका नेतृत्वबाटै अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त… पुरा पढौ

‘अन्नपूर्ण दर्पण ३’ विमोचन

‘अन्नपूर्ण दर्पण ३’ मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।अन्नपूर्ण गाउँपालिका कास्कीले प्रकाशन गरेको उक्त दर्पणमा पछिल्लो १ वर्षमा(कार्यकालको तेस्रो वर्षमा) पालिकाले हासिल गरेका उपलब्धीलाई समेटिएको छ।दर्पण सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्णको समृद्धिका लागि आफू नेतृत्वको टीम लागि परेको बताउँदै यसबीचमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिए।उनले आर्थिक समृद्धिका लागि अन्नपूर्ण आधार शिविर पुग्ने हेलिकप्टर कम्पनीसँग प्रतिउडान रु.१० हजार लिने व्यवस्था गरिएको स्पष्ट पार्दै स्रोत बृद्धि कै लागि मोदीखोलामा अनूमति लिएका ५ जलविद्युत् परियोजना निर्माण सुरु गर्न पहल… पुरा पढौ

रुपान्तरणकारी पत्रकारिता आवश्यक

रुपान्तरणकारी पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको छ।प्रेस सेन्टर नेपाल गण्डकीको आयोजना साथै गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक सहयोगमा पोखरामा भएको २ दिने विकास पत्रकारिता तालिमका सहभागि एवम् सहजकर्ताले उक्त कुरामा जोड दिएका हुन्।उनीहरुले समय परिवर्तनशील भएको उल्लेख गर्दै सर्वहारावर्गका मुद्धालाई रुपान्तरणकारी कोणबाट हेर्दै समयसन्दर्भ अनुसार पत्रकारिता गर्दै जानुपर्ने औँल्याए ।नेपाली आत्मसम्मान एवम् स्वाभिमान् सहितको पत्रकारिताले मात्रै देश विकास गर्ने स्पष्ट पार्दै उनीहरुले विकास पत्रकारिताका धेरै आयम रहेको प्रकाश पारे।तालिम सहजीकरण गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले परिवर्तित परिवेशमा… पुरा पढौ

१०४ युनिट रगत संकलन

किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा शनिबार हेमजामा भएको रक्तदान कार्यक्रममा कुल एक सय ४ युनिट संकलन भयो।किसान बहुउद्देश्यीय सहकारी संस्था, हेमजा युनाइटेड तथा देवीस्थान सेवा समाजद्वारा संयुक्त रुपमा रक्तदान आयोजना गरिएको हो ।जसमा नेपाल रेडक्रस सोसाइटी कास्की तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज नेपालको प्राविधिक सहयोग रहयो।कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडा नं. २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले आयोजकलाई धन्यवाद दिर्दै रगतको महत्वबारे प्रकाश पारे।सामाजिक कार्यमा संस्थाहरुको एकता महत्वपूर्ण रहेको… पुरा पढौ

अन्नपूर्ण पूर्ण खोप सुनिश्चित

अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।गाउँपालिकामा रहेका १६ देखि २३ महिनाभित्रका कुल १ सय ६१ जना बालबालिका सबैमा १४ वटा खोपको पूर्ण मात्रा पुगेसँगै आइतबार एक कार्यक्रमका बीच अन्नपूर्णलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोपको महत्वमाथि प्रकाश पार्दै स्वास्थ्य नै धन भएको बताए ।स्वास्थ्यमा गरेको लगानी खेरा नजाने स्पष्ट पार्दै अध्यक्ष केसीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा सघाउने सरोकारवाला सबैमा धन्यवाद प्रकट गरे।उपाध्यक्ष चन्द्रकला… पुरा पढौ

लुम्लेको ठाडो भीरमा रक क्लाइमिङ निर्माण गर्नुपर्ने

अन्नपूर्ण गाउँपालिका–६, लुम्ले स्थित ठाडो भीरमा रक क्लाइमिङ गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको छ।अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रा.लिको सहजीकरणमा शुक्रबार भएको गाउँपालिकाको चालु आ.वको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईका बीच लुम्लेवासीले त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए।उक्त भीर करिव ५ सय मिटरको छ ।त्यहाँ रक क्लाइमिङका अलवा स्काई साइकिलिङ पनि गर्न सकिन्छ र त्यहाँबाट कान्छी वराहसम्म पदमार्ग निर्माण गरे, पर्यटन मार्फत पालिकाले राम्रै आन्दानी लिन सक्ने लुम्लेवासीको ठहर छ।त्यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आ.वतर्फ १० लाख बजेट विनियोजन गरिसकेको… पुरा पढौ

लुम्लेमा पञ्चवली पूजा

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा मंगलबार पञ्चवली पूजा गरिएको छ ।स्थानीय जलजला स्थित पञ्चवली मन्दिरमा बाजागाजा सहित पुजा गरी त्यहाँ परेवा, हाँस, बोका, कुखुरा र रागाको वली दिइएको हो ।गाउँ हरेक हिसावले सुरक्षित हुने जनविश्वासका साथ परापूर्व कालदेखि नै त्यहाँ वार्षिक रुपमा उक्त पुजा गरिदै आइएको छ ।यसवर्षको पुजा प.भक्तिराम देवकोटा तथा टोकनाथ देवकोटाले सहजीकरण गरे ।त्यस अवसरमा गाउँपालिकाको सहयोग तथा जनसहभागितामा पुनः निर्माण गरिएको सो मन्दिरको उद्घाटन समेत भयो।उद्घाटन गर्दै वडाध्यक्ष एकदेव देवकोटाले पञ्चवली मन्दिर समग्र लुम्लेवासीको आस्थाको धरोहर भएको जनाउँदै… पुरा पढौ

आलु महोत्सव सकियो, ४ करोड कारोवार

४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल… पुरा पढौ

आलु महोत्सव भोली सकिदै

१३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको… पुरा पढौ

हेमजाकै ज्वाइँ बन्न मन गरेका बद्री

चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको क्रेज जहाँ गयो, त्यही अझ उस्तै छ । सोमबार १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आफ्ना पुराना र पछिल्ला एकपछि अर्को गीत पस्किरहँदा दर्शकले उनलाई भरपूर साथ दिइरहे। मुलुकमा यतिखेर राजावादी सक्रिय छन् । गणतन्त्र पनि धरापमा पर्ने खतरा छ । पंगेनीले दशकअघि गाएको ‘अझै नि गणतन्त्र आको छैन है’ होस् वा हेमजापारिकी गायिका समीक्षा अधिकारीसँग मिलेर भर्खरै गाएको ‘तिम्रो राशि तुला पर्‍यो, मेरो राशि कन्या’ सबै सबै गीतमा दर्शकले निकै माया दर्शाए । उनीहरु कम्मर मर्काई मर्काई नाचिरहे भने… पुरा पढौ