समाचार

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न.१ र १५ भिड्ने

हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न।२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित  समयमा दुवै टिमले २÷२ गोल बाराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न।१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं। ७ का ईश्वर… पुरा पढौ

अन्तर वडास्तरीय फुटबलका सेमिफाइनल खेल आज

पोखरा.२५ हेमजा स्थित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।  वुधवार भएको वडा न.१३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित  समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न.१३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का… पुरा पढौ

हिमालय माविको ५१ औं वार्षिकोत्सव

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भयो । त्यस अवसरमा स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण पनि गरियो।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै शिक्षालाई पालिकाले महत्व दिइरहेको औँल्याए । उनले कम्तीमा ७० प्रतिशत शैक्षिक उपलब्धी हासिल गर्ने गरी क्रियाकलाप संचालन गर्न निर्देशन दिर्दै हिमालय माविलाई नमुना शैक्षिक संस्थाका रुपमा अगाडि बढाउन सुझाव दिए।त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष भरतमान् गुरुङ, स्मारिका प्रकाशन… पुरा पढौ

हेमजामा अन्तर वडा फुटबल जारी

पोखरा–२५, हेमजामा जारी ३५ वर्ष माथि उमेर समूहको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल भएका छन्। पहिलो खेल वडा नं. १३ र १४ का बीच भएकोमा १३ नं. वडाले २–० गोलअन्तरले वडा नं.१४ लाई हराउँदै अगाडि बढ्यो।त्यस्तै वडा नं. २५ निलो तथा वडा नं.२० वीच भएको पहिलो क्वाटरफाईनल खेलमा ४–० गोलअन्तरले पछि पादै वडा न.२५ निलो सेमिफाइनल प्रवेश गर्यो ।उक्त खेलमा वडा न.२५ अन्तर्गत जर्सी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।… पुरा पढौ

वडा न. १ र ५ विजयी

पोखरा महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन दुई खेल सम्पन्न भएको छ ।आइतवार भएको पहिलो खेल वडा न. १७ र १ बिच भएको थियो ।जस्मा १ ले २–१ गोलको अन्तरले पछि पार्दै विजयी भयो । वडा न.८ र ५ बिच भएको दोस्रो खेलमा ४–१ गोल अन्तरले वडा न.५ ले जित आफ्नो पक्षमा पार्न सफल भयो । भोलि पहिलो खेल वडा न १३ र १४ बिच हुनेछ । दोस्रो वडा… पुरा पढौ

जनप्रेमी आधारभूतको ७० औं वार्षिकउत्सव

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, किम्चे स्थित जनप्रेमी आधारभूत विद्यालयको ७० औँ वार्षिकउत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।समारोह उद्घाटन गर्दै वडाध्यक्ष गौतम गुरुङले विद्यालय शिक्षाको आवश्यकता औँल्याउँदै मानिसमा अनुशासन महत्वपूर्ण हुने बताए।उनले वडाको शैक्षिक धरोहरका रुपमा जनप्रेमीलाई चिनाउँदै संस्कारसहितको शिक्षा अपरिहार्य रहेको धारणा राखे।कार्यपालिका सदस्य भुपाल घर्तीले गाउँपालिकाले शिक्षा सुधारमा पहल गरिरहेको स्पष्ट पार्दै कम्तीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शैक्षिक क्रियाकलाप संचालन गर्ने नीति लिइएको जानकारी दिए ।उनले विद्यालय प्रगतिको कामना गर्दै कार्यपालिका सदस्यको हैसियतले विद्यालयका… पुरा पढौ

हेमजामा अन्तर वडा स्तरीय फुटबल सुरु

पोखरा महानगरपालिका वडा नं .२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो । नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।पोखरा… पुरा पढौ

आजदेखि हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता

हेमजा । आजदेखि पाेखरा २५ हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ हेमजा यूनाईटेडकाे आयोजनामा हुने प्रतियाेगितामा १३ टिमकाे सहभागिता रहनेछ । आगामी १७ गतेसम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहबिचकाे अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताकाे पहिलाे खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न. २९ बिच बिहान ठिक १०ः०० बजे हुने  क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवँरले जानकारी दिए । दोस्रो खेल वडा… पुरा पढौ

गाउँशहर सहकारीको साधारणसभा

पोखरा ८ स्थित गाउँशहर बहुउद्देश्यीय सहकारी संस्था लि.को विशेष साधारणसभा बुधबार भएको छ ।त्यस अवसरमा संस्था सुद्रीढिकरण तथा सुरक्षित अवतरणबारे छलफल भयो। कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारीमा सहकार्यको भावना मजबुत हुनुपर्ने बताए। उनले पछिल्लो समय संचालकहरुले सहजीकरण समितीको रुपमा वचत फिर्ताको लागि खेलेको भूमिका सहारनीय रहेको बताउँदै अन्य सकंटग्रस्त सहकारीका लागि पनि यो  महत्वपूर्ण उपाय बन्न सक्नेतर्फ सचेत गराए। सेयर सदस्य तथा सुरक्षित अवतरणका सहजकर्ता ईश्वरीप्रसाद घिमिरेले नीति, विधि एवम् पद्धतिमा चल्ने संस्था मात्रै सफल हुने औँल्याए।… पुरा पढौ

वाराहीमा चमेना गृह शिलान्यास

पोखरा–५, मालेपाटन स्थित वाराही माध्यमिक विद्यालयमा बिहीबार एक कार्यक्रमका बीच चमेनागृह शिलान्यास गरिएको छ।लायन्स क्लव अन्तरराष्ट्रिय ३२५ जे तथा विद्यालयको सयुक्त लगानीमा गृह बन्न लागेको हो।उक्त गृहको कार्यवहाक वडाध्यक्ष समेत रहेकी कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, लायन्स क्लवका जिल्ला गभर्नर मिलन थापा, पूर्व गभर्नर धुब्र थापा, विव्यस अध्यक्ष निर्मल खत्री, प्रधानाध्यापक शिवप्रसाद भण्डारीले संयुक्त रुपमा शिलान्यास गरे।शिलान्यास गर्दै कार्यपालिका सदस्य विश्वकर्माले वाराही पोखराकै अब्बल शैक्षिक संस्था रहेको औँल्याउँदै सरोकारवाला सबैको पहलबाट विद्यालय बलियो बन्दै गइरहेको बताइन् ।उनले गृह सुविद्यासम्पन्न बन्न विश्वास… पुरा पढौ