
अन्नपूर्ण–२, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार एवम् छात्रवृर्ति वितरण समारोह मंगलबार सम्पन्न भयो।
सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा क्षेत्रको सवलीकरणका लागि पालिका गम्भिर रहेको सुनाउँदै पछिल्लो समय पालिकामा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको औँल्याए।उनले शिक्षा विकासका लागि विद्यालयलाई हरवखत सहयोग गर्न पालिका तयार रहेको स्पष्ट पार्दै आफ्ना बालबच्चाको पढाइमा ध्यान दिन अभिभावकलाई सुझाए।
वडाध्यक्ष पिताम्बर भण्डारीले अभिभावकले चाँसो दिएका विद्यालय मात्रै सफल हुने विश्वास व्यक्त गर्दै विद्यालयका क्रियाकलाप बालमैत्री पाइएको बताए।
कार्यक्रममा अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, विद्यालयका पूर्व अध्यक्ष यादवराज अधिकारी र टेकप्रसाद अधिकारी, निवर्तमान् अध्यक्ष खगराज अधिकारी, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी, माछापुच्छे« क्याम्पसका पूर्व प्रमुख रामचन्द्र सुवेदी, माछापुच्छे« माविका अध्यक्ष मनपति भण्डारी, अक्षयकोषदाता युवराज अधिकारी, संस्थापक सदस्य वेदहरी तिमिल्सीना, विश्व हिन्दु महासंघका मुक्तिराम अधिकारी, वायोमी इन्टरनेशसनल निर्देशक राजेन्द्र अधिकारी, अक्षयकोषदाता पार्वती अधिकारी लगायतले पनि धारणा राखे ।
उनीहरुले सरोकारवाला सबै मिली दुर्गाभवानी आदर्शलाई नमुना शैक्षिक संस्था बनाउनुपर्ने धारण राख्दै शिक्षा विना मानव जीवन कष्टकर हुने उल्लेख गरे।
विद्यालय अध्यक्ष माया अधिकारीले दुर्गाभवानीलाई संस्कारयुक्त शैक्षिक थलो बनाउन खोजिएको स्पष्ट पार्दै त्यसमा सहयोग गर्न सबैसँग आग्रह गरिन् ।उनले निःशुल्क विद्यालय खाजा कार्यक्रमलाई कक्षा ८ सम्म निरन्तरता दिइएको पनि जनाइन्।
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक होमनाथ दाहालले पठनपाठनमा अलवा विद्यालयमा सहक्रियाकलापलाई पनि महत्व दिने गरिएको बताए ।उनले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीका प्रतिभा उजागर गर्न विद्यालय सदा प्रयासरत रहेको पनि सुनाए।
कार्यक्रमका बीच विद्यार्थीले विज्ञान प्रदर्शनी, मार्च पास, पिटी, नृत्य, भजन लगायत प्रस्तुत गरे।त्यस्तै पूर्व प्रअ खेमराज अधिकारी(क) तथा शिक्षक खेमराज अधिकारी(ख) लाई विदाई गरियो।
त्यस्तै वर्ष शिक्षकबाट बबिता देवकोटा, वर्ष अभिभावकबाट पवित्रा सिर्पाली पुरस्कृत भए भने शिक्षक गीता दाहाल र सरस्वती भण्डारी पनि सम्मानित भए ।त्यस्तै नवराज अधिकारीले व्यक्तिगत तर्फबाट ९ जना विद्यार्थीलाई नगद प्रदान गरे।
विद्यालय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक नारायण पौडेलले स्वागत तथा शिक्षक भारती भुगाईले कार्यक्रम संचालन गरिन् ।
बालकक्षादेखि ८ कक्षासम्म संचालित विद्यालयमा हाल एक सय ३२ जना विद्यार्थी अध्ययरत छन् ।










