
अन्नपूर्ण २, ढिकुरपोखरी स्थित माछापुच्छे« माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भयो।
सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका शैक्षिक गुणस्तर अभिबृद्धिको निरन्तर अभियानमा लागेको सुनाउँदै त्यो क्रमशः पुरा हुँदै गइरहेको अनुभव राखे।उनले माछापुच्छे«लाई नमुना शैक्षिक संस्था बनाउन पहल भइरहेको जनाउँदै शिक्षा विनाको जीवन अन्धकारमय हुने स्पष्ट पारे।
उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा सुधार्न सबै जिम्मेवार हुनुपर्ने भन्दै त्यसको नतिजा लामो समय अन्र्तरालपछि देखिने भनाई राखिन्।
माछापुच्छ«े शिक्षा क्याम्पस प्रमुख लोकराज भण्डारीले योजना निर्माण गरी विद्यार्थी सङख्या बढाउन लाग्नुपर्ने धारणा राख्दै त्यस अभियानका लागि सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे।
पूर्व विद्यार्थी मञ्चका पूर्व अध्यक्ष यादवराज अधिकारीले माछापुच्छे«लाई त्यस क्षेत्रकै अगुवा विद्यालय बनाउनुपर्ने स्पष्ट पार्दै शैक्षिक गुणस्तर सुधार्न स्वयम् विद्यार्थी, शिक्षक तथा अभिभावक लाग्नुपर्ने जनाए।
विद्यालय अध्यक्ष मनपति भण्डारीले विद्यालयको चौतर्फी विकासमा आफू नेतृत्वको टिम क्रियाशिल भइरहेको सुनाउँदै शिक्षा सुधार्न घरबाटै वातावरण निर्माण हुनुपर्ने चर्चा गरे।
विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयलाई अन्नपूर्ण गाउँपालिकाको शैक्षिक केन्द्रका रुपमा विकास गर्न प्रयास भइरहेको उल्लेख गरे।उनले आधुनिक प्रविधियुक्त शिक्षामा जोड दिर्दै कम्तीमा सय विद्यार्थीलाई छात्राबासमा नियमित आवासीय व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, २ का अध्यक्ष पीताम्वर भण्डारी, पूर्व प्रधानाध्यापक रामचन्द्र सुवेदी, क्याम्पस संचालक समितिका मुक्तिराम अधिकारी, राजनीतिककर्मी विवेक देवकोटा, दुर्गाभवानी आदर्श विद्यालयका अध्यक्ष माया अधिकारी, अभिभावक हरिमान् गुरुङ, धारापानी माविका प्रधानाध्यापक हरीप्रसाद भण्डारी, सिर्जना माविका अध्यक्ष नेत्रप्रसाद सुवेदी, आमा समूहकी प्रतिनिधि भगवती भण्डारी, विद्यार्थी अन्मिषा विक लगायतले पनि भनाई राखे।
उनीहरुले पठनपाठनमा अभिभावकले चासो राख्नुपर्ने, शिक्षक पनि कर्तव्यनिष्ठ हुनुपर्ने जनाउँदै शैक्षिक उपलब्धि प्राप्तिका लागि विद्यार्थीको लगनशीलताले पनि मुख्य भूमिका खेल्ने प्रष्टाए।
कार्यक्रमका बीच वार्षिक शैक्षिक पुरस्कार एवम् विभिन्न ७ छात्रबृत्ति वितरण गरिए।त्यस्तै विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखे।
विद्यालय अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष वेदप्रसाद शर्मा तथा विद्यार्थी मनिषा सुनारले स्वागत तथा शिक्षक शालिकराम अधिकारीले कार्यक्रम संचालन गरे।










