यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा हुन लागेको श्रीमद् भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सफल बनाउन पोखरेली संघ संस्था एवम् पत्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हिजो भएको छलफलका बीच उनीहरुले सराङकोट पोखराकै महत्वपूर्ण ऐतिहासिक धरोहर रहेको ठहर गर्दै यज्ञलाई सफल बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, एक सय ८ शिवलिङ, एक सय ८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वार निर्माण…
पुरा पढौ