पर्यटन

सराङकोट धाममा शिव महिमा पूजा सुरु

पोखरा–१८, सराङकोटधाममा शिव महिमा विशेष पूजा सोमबारबाट सुरु भएको छ। साउनका प्रत्येक सोमबार गरिने उक्त पुजालाई पञ्चरुद्री पनि भनिएको छ।त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती गरिएको छ ।त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ । पुजा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सराङकोट धार्मिक पर्यटकीय स्थलमा रुपमा स्थापित भइसकेको जनाउँदै अव त्यसको व्यवस्थापकीय पाटोमा ध्यान… पुरा पढौ

पाँचौं हेमजा हिले महोत्सवको रौनक

पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो । करिब ११ः०० बजे सम्म स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग हुँदै मिलनचोक परिकमा गरी महोत्सव स्थलमा पुगे । महोत्सव… पुरा पढौ

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको… पुरा पढौ

हिले महोत्सव क्षेत्र सरसफाई

पोखरा–२५, हेमजा स्थित देवीस्थान सेवा समाजले शनिबार सरसफाई गरेको छ । समाजले हेमजामा हुन लागेको हिले महोत्सव क्षेत्र सरसफाई गरेको हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ समाजको आयोजनामा यही १५ असारमा पाचौं हेमजा हिले महोत्सव हुन लागेको छ ।जसको पूर्व तयारी स्वरुप महोत्सव स्थल सरसफाई गरिएको हो। वडा स्थित विभिन्न टोलविकास संस्था, आमा समूह, संघसंस्था लगायत स्थानीयको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल तथा विष्णुपादुका मन्दिर परिसर सरसफाइ गरिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न,… पुरा पढौ

हेमजामा हिले महोत्सवको तयारी

देवीस्थान सेवा समाजको आयोजनामा यहि १५ असारमा हेमजामा हिले महोत्सव तयारी थालिएको छ।समाजले यसपटक गर्न लागेको महोत्सव पाचौं हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सव देवीस्थान टोल स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा हुनेछ ।त्यसका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरी महोत्सव तयारी तिब्र पारिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धनका तथा आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ… पुरा पढौ

काँडेमा होमस्टे संचालनको प्रयास

कास्कीको अन्नपूर्ण गाउँपालिका–३, काँडेमा घरबास(होमस्टे) संचालनको प्रयास थालिएको छ। जसअन्र्तगत हालै काँडे होमस्टे सम्भावना, अवसर र चुनौती विषयक कार्यशाला भएको छ।        कार्यशालामा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले काँडे आसपासको क्षेत्र होमस्टेका लागि सम्भावनायुक्त क्षेत्र रहेको जनाउँदै त्यहाँका वासिन्दा तयार भए होमस्टे संचालनमा पालिका सहयोग गर्न तयार रहेको बताए।        ‘अर्गानिक खानाका लागि मान्छे पैसा तिर्न तयार छ, पर्यटकका लागि आतित्थ्यता पनि महत्वपूर्ण हुन्छ, अध्यक्ष केसीले भने बासका लागि पनि गाउँघरको झल्को आउनुपर्दछ।’उनले मर्दी हिमाल तथा अन्नपूर्ण आधार शिविर प्रवेशद्वारका रुपमा… पुरा पढौ

लुम्लेको ठाडो भीरमा रक क्लाइमिङ निर्माण गर्नुपर्ने

अन्नपूर्ण गाउँपालिका–६, लुम्ले स्थित ठाडो भीरमा रक क्लाइमिङ गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको छ।अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रा.लिको सहजीकरणमा शुक्रबार भएको गाउँपालिकाको चालु आ.वको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईका बीच लुम्लेवासीले त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए।उक्त भीर करिव ५ सय मिटरको छ ।त्यहाँ रक क्लाइमिङका अलवा स्काई साइकिलिङ पनि गर्न सकिन्छ र त्यहाँबाट कान्छी वराहसम्म पदमार्ग निर्माण गरे, पर्यटन मार्फत पालिकाले राम्रै आन्दानी लिन सक्ने लुम्लेवासीको ठहर छ।त्यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आ.वतर्फ १० लाख बजेट विनियोजन गरिसकेको… पुरा पढौ

लुम्लेमा पञ्चवली पूजा

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा मंगलबार पञ्चवली पूजा गरिएको छ ।स्थानीय जलजला स्थित पञ्चवली मन्दिरमा बाजागाजा सहित पुजा गरी त्यहाँ परेवा, हाँस, बोका, कुखुरा र रागाको वली दिइएको हो ।गाउँ हरेक हिसावले सुरक्षित हुने जनविश्वासका साथ परापूर्व कालदेखि नै त्यहाँ वार्षिक रुपमा उक्त पुजा गरिदै आइएको छ ।यसवर्षको पुजा प.भक्तिराम देवकोटा तथा टोकनाथ देवकोटाले सहजीकरण गरे ।त्यस अवसरमा गाउँपालिकाको सहयोग तथा जनसहभागितामा पुनः निर्माण गरिएको सो मन्दिरको उद्घाटन समेत भयो।उद्घाटन गर्दै वडाध्यक्ष एकदेव देवकोटाले पञ्चवली मन्दिर समग्र लुम्लेवासीको आस्थाको धरोहर भएको जनाउँदै… पुरा पढौ

आलु महोत्सव सकियो, ४ करोड कारोवार

४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ।गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल… पुरा पढौ

आलु महोत्सव भोली सकिदै

१३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको… पुरा पढौ