समाचार

एसइई नतिजामा अभिमानको रेकर्ड

कास्कीको अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल स्थित अभिमान मेमोरियल माध्यमिक विद्यालयले हालै प्रकाशित एसइई नतिजामा रेकर्ड कायम गर्न सफल भएको छ।        विद्यालयबाट एसइईमा सहभागि १६ जना विद्यार्थी सबै उत्तीर्ण गराउन सफल भएसँगै विद्यालयले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएको हो।        विद्यार्थीको लगनशीलता, शिक्षकको इमान्दारिता एवम् वफादारिता, अभिभावकको चाँसो, गाउँपालिका र विद्यालय प्रशासनको सहयोग एवम् हैसलाका कारण उक्त नतिजा ल्याउन सफलता मिलेको प्रधानाध्यापक उद्ववराज सुवेदीले बताउनुभयो।        यसपटक अभिमानले रेकर्र्ड कायम गर्यो, यो त्यसक्षेत्रकै लागि निकै दुर्लभ नतिजा हो, गाउँपालिका… पुरा पढौ

वरिष्ठ प्राविधिक अधिकृत चन्द्राकान्तको विदाइ

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगत कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत वरिष्ठ प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई विदाइ गरिएको छ।उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त तिमिल्सीनाको बिहीबार एक कार्यक्रमका बीच निर्देशनालयले कदरपत्र, करुवा, मायाको चिनो सहित दोसल्ला ओढाएर विदाइ गरेको हो।कार्यक्रममा धारणा राख्नुहुँदै निर्देशक डा. बन्धुराज वरालले तिमिल्सीनाले लामो समय लुम्लेमा सेवा गर्नुभएको स्मरण गर्नुहुँदै विशेष गरी वागवानीको क्षेत्रमा तिमिल्सीनाको उल्लेख्य योगदान रहेको चर्चा गर्नुभयो।सेवा निवृत्त भएपनि निर्देशनालयले तिमिल्सीनाको सहयोग निरन्तर पाइरहने अपेक्षा समेत उहाँले सुनाउनुभयो।वरिष्ठ प्राविधिक अधिकृत तिमिल्सीनाले जीवनभर कृषि… पुरा पढौ

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको… पुरा पढौ

मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति

मणिपाल शिक्षण अस्पताल र गुरुकुल विद्या सदन माध्यमिक विद्यालय बीच स्वास्थ्य उपचार सुविद्या सम्झौता सहमति भएको छ।हालै दुवै संस्थाबीच उक्त सम्झौता सहमति भएको हो। यसैबीच गुरुकुलले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ४६ युनिट रगत संकलन भयो ।सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेकोमा प्रादेशीक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहयो। त्यस अवसरमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्वमाथि प्रकाश पार्नुहुँदै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाउनुभयो।उहाँले मणिपाल र गुरुकुल बीच स्वास्थ्य… पुरा पढौ

अन्नपूर्णको बजेटमा मानव विकासलाई प्राथमिकता

अन्नपूर्ण गाउँपालिकाले आ.व ०८२÷८३ का लागि रु. ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट सार्वजनिक गरेको छ।उपाध्यक्ष चन्द्रकला अधिकारीले मंगलबार १८ औं गाउँसभामा प्रस्तुत उक्त बजेट मानव विकासमा केन्द्रीत छ।बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ। त्यस्तै पर्यटन र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामि वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका कास्कीको आगामि आर्थिक वर्षका यस्ता छन् कार्यक्रम र प्राथमिकताहरु(पूर्ण पाठ सहित)

अन्नपूर्ण गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेशन, गाउँपालिका अध्यक्ष श्री विष्णु बहादुर के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, नेपाली जनताको महत्वपूर्ण योगदानले जारी गरिएको नेपालको संविधान २०७२ को भावना वमोजिम लागु भएको संघीय शासन प्रणाली अनुसार स्थापित तीन तहको सरकार अन्तर्गत लोकतन्त्रको महत्वपूर्ण र सुन्दर पक्ष आवधिक निर्वाचन अनुरुप स्थानीय तह निर्वाचन २०७९ का माध्यमबाट यस अन्नपूर्ण गाउँपालिकाको दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भै कार्यभार सम्हालेको समेत तिन वर्ष पुरा भएको छ ।… पुरा पढौ

‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’

अन्नपूर्ण गाउँपालिका कास्कीले आगामि आ.वका लागि ‘समृद्ध अन्नपूर्णः सुखी अन्नपूर्णवासी’ नीतिलाई अगाडि सार्ने भएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीद्वारा गाउँसभाको १८ औं अधिवेशनका बीच आइतबार प्रस्तुत आगामि आ.वको नीति तथा कार्यक्रमका उक्त कुरा अगाडि सारिएको हो। उक्त नाराका साथ गाउँपालिकाले आगामि आ.वका लागि विकासका योजनाहरुलाई मार्गदर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित कार्यक्रम तर्जुमा गर्ने उल्लेख छ। त्यस्तै पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार“ को दीर्घकालीन योजना तय गरी “पालिका बन्छ– बन्दैछ, हाम्रो पालामा”… पुरा पढौ

हिले महोत्सव क्षेत्र सरसफाई

पोखरा–२५, हेमजा स्थित देवीस्थान सेवा समाजले शनिबार सरसफाई गरेको छ । समाजले हेमजामा हुन लागेको हिले महोत्सव क्षेत्र सरसफाई गरेको हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ समाजको आयोजनामा यही १५ असारमा पाचौं हेमजा हिले महोत्सव हुन लागेको छ ।जसको पूर्व तयारी स्वरुप महोत्सव स्थल सरसफाई गरिएको हो। वडा स्थित विभिन्न टोलविकास संस्था, आमा समूह, संघसंस्था लगायत स्थानीयको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल तथा विष्णुपादुका मन्दिर परिसर सरसफाइ गरिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न,… पुरा पढौ

हेमजामा हिले महोत्सवको तयारी

देवीस्थान सेवा समाजको आयोजनामा यहि १५ असारमा हेमजामा हिले महोत्सव तयारी थालिएको छ।समाजले यसपटक गर्न लागेको महोत्सव पाचौं हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सव देवीस्थान टोल स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा हुनेछ ।त्यसका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरी महोत्सव तयारी तिब्र पारिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धनका तथा आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ… पुरा पढौ

काँडेमा होमस्टे संचालनको प्रयास

कास्कीको अन्नपूर्ण गाउँपालिका–३, काँडेमा घरबास(होमस्टे) संचालनको प्रयास थालिएको छ। जसअन्र्तगत हालै काँडे होमस्टे सम्भावना, अवसर र चुनौती विषयक कार्यशाला भएको छ।        कार्यशालामा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले काँडे आसपासको क्षेत्र होमस्टेका लागि सम्भावनायुक्त क्षेत्र रहेको जनाउँदै त्यहाँका वासिन्दा तयार भए होमस्टे संचालनमा पालिका सहयोग गर्न तयार रहेको बताए।        ‘अर्गानिक खानाका लागि मान्छे पैसा तिर्न तयार छ, पर्यटकका लागि आतित्थ्यता पनि महत्वपूर्ण हुन्छ, अध्यक्ष केसीले भने बासका लागि पनि गाउँघरको झल्को आउनुपर्दछ।’उनले मर्दी हिमाल तथा अन्नपूर्ण आधार शिविर प्रवेशद्वारका रुपमा… पुरा पढौ