समाचार

नेलम्बोद्वारा शिक्षक सहयोग

पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुर आधारभूत विद्यालयलाई शिक्षक सहयोग गरेको छ।विद्यालयमा आयोजित समारोहबीच नेलम्बो अध्यक्ष एकदेव देवकोटा, विद्यालय अध्यक्ष प्रकाश गुरुङ तथा गाउँपालिका बीच त्रिपक्षीय शिक्षक सहयोगबारे(करार सम्झौता नवीकरण) सम्झौता भएको हो ।सम्झौताअनुसार चालु आर्थिक वर्षमा विद्यालयलाई नेलम्बोबाट १ जना शिक्षक सहयोग गर्ने तथा त्यसको प्रभावकारिताका हेरिकन आगामी वर्ष शिक्षक नवीकरण हुने उल्लेख छ ।गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले नेलम्बोप्रति आभार प्रकट गर्दै पालिका नेलम्बोसँग सहकार्य गर्न तयार रहेको औँल्याए ।उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक सहयोग महत्वपूर्ण… पुरा पढौ

सराङकोट धाममा तीज मेला हुँदै

पोखरा–१८, सराङकोट धाममा तीज मेला हुने भएको छ। सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा मेला हुने भएको हो। सोमबार भएको भेलाले मेला गर्ने निर्णय गरेको छ ।मेलाको मिति, त्यहाँ हुने प्रतियोगिता एवम् विभिन्न गतिविधि आगामि बैठकले तय गर्ने उल्लेख छ। भेलालाई सम्बोधन गर्दै सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै तीजका नाममा हुने गरेका विकृतिलाई अन्त्य गर्नुपर्ने बताए। वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले तीज मेलाले सराङकोट धाममा रौनकता थप्ने… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव ६ भाद्रदेखि                                     

हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ ।टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो ।आयोजक केन्द्रले महोत्सवको मिति तय सँगै तयारी समेत तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था,… पुरा पढौ

गुरुकुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्यासदन माध्यमिक विद्यालयका नवआगन्तुक ११ कक्षाका विद्यार्थीलाई शनिबार कार्यक्रम गरी स्वागत गरिएको छ। कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको उक्त कार्यक्रमका बीच गुरुकुलमै किन पढ्ने, त्यहाँ पढ्दाका फाइदा,, समग्र शैक्षिक अवस्थाबारे अभिमुखीकरण पनि गरियो। कार्यक्रम उद्घाटन गर्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुलले धेरै अभिभावकको विश्वास आर्जन गरेको जनाउँदै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा गुरुकुल गण्डकीमै अगाडि रहेको बताए।उनले अभिभावक तथा विद्यार्थीको सपना पुरा गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिर्दै जीवनमा अनुशासनको महत्व अधिक रहने स्पष्ट पारे।… पुरा पढौ

सराङकोट धाममा शिव महिमा पूजा सुरु

पोखरा–१८, सराङकोटधाममा शिव महिमा विशेष पूजा सोमबारबाट सुरु भएको छ। साउनका प्रत्येक सोमबार गरिने उक्त पुजालाई पञ्चरुद्री पनि भनिएको छ।त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती गरिएको छ ।त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ । पुजा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सराङकोट धार्मिक पर्यटकीय स्थलमा रुपमा स्थापित भइसकेको जनाउँदै अव त्यसको व्यवस्थापकीय पाटोमा ध्यान… पुरा पढौ

निःशुल्क प्राविधिक शिक्षा दिर्दै अन्नपूर्ण बुहुप्राविधिक

वरीपरि हरियाली वातावरण एवम् मनमोहक दृष्यले सुसज्जित छ कास्कीको अन्नपूर्ण ३, काउनडाँडा ।नजिकै काँडे बजार तथा कृषिसँगै जोडिएको कृषि अनुसन्धान निर्देशनालय लुम्ले।त्यसकै पेरीफेरीमा रहेका पर्यटकीय स्थल पाउँदुरकोट, अष्टे«लियन क्याम्प, भदौरेदेउराली, लाख्रे वनभोज स्थल थप आकर्षणका केन्द्र।काँडे भनेपछि चिसो, स्वस्थ, स्वच्छ, अर्गानिक खेतीपाती गरिने एवम् धेरै पानी पर्ने ठाउँ भन्ने बुझाई अधिकाशको छ नै।त्यही काँडेकै समीपमा भौगोलिक रुपमा असाध्यै शान्त काउनडाँडा अवस्थित छ।जुन फेवा जलाधार क्षेत्र भित्र पर्दछ ।त्यही काउनडाँडामै केही वर्षयता कास्कीकै शोभा रुवरुप अन्नपूर्ण बुहुप्राविधिक शिक्षालय संचालित छ।उक्त शिक्षालय… पुरा पढौ

अन्नपूर्णवासीको प्रश्नः कहिले बन्छ पालिका भवन ?

कास्कीको अन्नपूर्ण गाउँपालिकावासीले पछिल्ला वर्ष यता बारम्बार गर्दै आउने प्रश्न हो पालिका भवन कहिले बन्छ भनेर ? यो प्रश्न त्यहाँका चिया पसलदेखि खेतवारी, मेलापातमा समेत नागरिक स्तरमा राम्रै चल्ने गर्दछ। वडा कार्यालयका भवन सबै बने, तर पालिका भवनकै ठेगान छैन, माछापोखरीमा बनाउने भनी पहिलो कार्यकालमा(युवराज कुँवरको पालामा) गाउँसभाले निर्णय पनि गर्यो तर ठोस रुपमा काम अगाडि बढ्न सकेन ।दोस्रो कार्यकालका जनप्रतिनिधिको पनि ३ वर्ष बढी बितीसक्यो, अझै पनि पालिका भवन शिलान्यासको सुरसारसम्म छैन।यो सार्वजनिक विषयमा सरोकार राख्ने त्यहाँका आम नागरिकहरु… पुरा पढौ

हेमजाको यातायात हरिचोकसम्म मात्रै ?

पोखरा–२५, हेमजाका भरतचन्द्र गौतमले सोमबार वडाको सार्वजनिक सुनुवाईमा भन्दै थिए हामी महानगरवासी भएको महशुस भएन।हाम्रो वडाबाट हरिचोकसम्म मात्रै सिधा वस चल्छ, त्यहाँबाट विन्ध्यवासिनी, गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल, जिल्ला प्रशासन कार्यालय लगायतका अत्यावश्यक ठाउँमा पुग्न पुनः अर्कौ वस चढेर जानुपर्दछ।        यस्तो अवस्थामा यो वडा कसरी महानगर हुनसक्छ ? सार्वजनिक जग्गा मिचिएका छन्, वडासँग कुनै रेकर्ड नै छैन, हेमजा दिशामुक्त त भनिएको छ, तर मुटु मानिएको मिलनचोकमा अहिलेसम्म सार्वजनिक शौचालय बन्न सकेको छैन किन होला?        वस सेवाबारे स्थानीय सुर्यराज… पुरा पढौ

शान्ति निकेतनका एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

पोखरा–५, प्रस्याङ स्थित शान्ति निकेतन स्कुलले एसइई २०८१ मा समुत्तीर्ण विद्यार्थीलाई शनिबार साँझ एक कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालयले ४ जिपीए प्राप्त गर्न सफल अनुपम पराजुली र निश्चल कोइराला सहित ३९ जना उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान गरेको हो।४ जिपीए प्राप्त गर्न सफल विद्यार्थीद्वयलाई जनही रु.१ लाख सहित विद्यालयले सम्मान गर्यो।कार्यक्रममा धारणा राख्नुहँदै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले उत्तीर्ण विद्यार्थीलाई बधाई दिनुहुँदै अव देशको आवश्यकता पुरा गर्ने जनशक्ति बन्न सुझाव दिनुभयो।उहाँले शान्ति निकेतन जिल्लाकै उत्कृष्ट… पुरा पढौ

मोर्निड्डस्टारमा एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयले एसइई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालयले ४ जिपीए प्राप्त गर्न सफल समिर अधिकारी सहित उत्तीर्ण ४२ जना विद्यार्थीलाई सम्मान गरेको हो ।४ जिपीए प्राप्त गर्न सफल अधिकारीलाई नगद रु.२० हजार, ३.९ जिपीए प्राप्त गरेकी नम्रता दाहाललाई रु.१० हजार सहित विद्यालयले सम्मान गर्यो।त्यस्तै बाजागाजा सहित ढिकुरपोखरी क्षेत्र परिक्रमा समेत गराइयो।विद्यार्थी सम्मान गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए… पुरा पढौ