कांग्रेस कास्की २ को सहसचिवमा इन्द्रबहादुरको उम्मेदवारी

-


     अन्नपूर्ण खबर     
     असाेज १० गते २०८३ मा प्रकाशित


नेपाली कांग्रेस कास्की क्षेत्र नं.२ को सहसचिव पदका लागि इन्द्रबहादुर खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै खत्रीले क्षेत्रीय संगठनलाई थप व्यवस्थित, पारदर्शी, सक्रिय र समयानुकूल बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरुलाई सम्बोधन गर्दै खत्रीले पार्टी संगठन तथा कार्यकर्ताबीच समन्वय, सहकार्य र संवादलाई प्राथमिकतामा राखेर आफूले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
यही असोज १२ र १३ गते हुने नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी दिएको छु । क्षेत्रीय प्रतिनिधिहरूको अमूल्य मत र विश्वाससहित विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु, खत्रीले भनेका छन् ।
खत्रीले आफूले पुराना कार्यकर्ताको अनुभव र युवाको ऊर्जालाई जोड दिने उल्लेख पनि गरेको छन् । मसँग क्षेत्रीय समितिमा काम गरेको अनुभव पनि छ, पूर्व सैनिकदेखि सामाजिक नेतृत्वसम्म गरेको छु, त्यसैले साथीहरुको अत्याधिक विश्वास प्राप्त गर्दछु भन्ने लागेको छ, उनले भने ।
पुराना कार्यकर्ताको अनुभव, युवाको ऊर्जा, सांगठनिक अनुशासन र आधुनिक व्यवस्थापनलाई सँगसँगै अघि बढाउँदै नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को संगठनलाई थप सक्रिय बनाउने उनले लक्ष्य पनि राखेका छन् ।

Screenshot