समाचार

हेमजा साहित्य महोत्सवको तयारी तीब्र

आगामि मंसिरमा हुने हेमजा साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ। हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समिति आयोजना तथा हेमजा साहित्य प्रतिष्ठानको प्रमुख व्यवस्थापनमा आगामि १८, १९ र २० मंसिरमा महोत्सव हुन लागेको हो।        जसअन्र्तगत शनिबार हेमजामा छलफल भएको छ भने चाडपर्व लक्षित शुभकामना आदानप्रदान पनि गरियो।        कार्यक्रममा धारणा राख्दै पुम्दीकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हेमजामा साहित्य महोत्सव हुन लागेकोमा खुशी व्यक्त गर्दै भाषिक एकता कायम… पुरा पढौ

१३ औँ आलु महोत्सवको आयव्यय सार्वजनिक

गत चैत २४ देखि वैशाख ३ गतेसम्म भएको १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सवबाट ४ लाख २५ हजार बढी बचत भएको छ।        आयोजक विष्णुपादुका क्लवले आज कार्यक्रम गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।क्लवका कोषाध्यक्ष डम्बर कुँवरले महोत्सवमा कुल रु.२२ लाख ८९ हजार ८२ आम्दानी भएकोमा महोत्सव संचालन खर्च कटाएर रु.४ लाख २५ हजार ४ सय ८६ बचत हुन आएको जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सीनाले आयव्यय सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्दै आलु महोत्सव समग्र… पुरा पढौ

समाजसेवा जिल्लाकै नमूना संस्था बनेको ठहर

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्ती मनाएको छ। त्यस अवसरमा भएको अन्नपूर्ण गाउँपालिका स्तरीय मा.वि हाजिरीजवाफ प्रतियोगितातर्फ बालमन्दिर मा.वि प्रथम, माछापुच्छे« मा.वि द्वितीय, अभिमान मा.वि तृतीय एवम् सिर्जना मा.वि सान्त्वना भए। प्र्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमश नगद रु.९ हजार, ६ हजार, ३ हजार तथा १ हजार पाँच सय साथमा स्टेशनरी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे। उक्त प्रतियोगितामा प्रश्न निर्माण तथा प्रस्तुतकर्ताको जिम्मेवारी गण्डकी प्रदेश कृषि मन्त्रालयका अधिकृत सन्तोष अधिकारीले वहन गरे। त्यस्तै कास्की… पुरा पढौ

सराङकोटधाममा फूलपाती भित्र्याइयो

पोखरा–१८,सराङकोटधाममा आज फूलपाती भित्र्याइएको छ।        सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति तथा वडा कार्यालयको संयुक्त आयोजनामा त्यहाँ फूलपाती भित्र्याइएको (बढाइँ गरिएको) हो।त्यस अवसरमा युद्धकला सम्बन्धी लोपोन्मुख सरुन खेल(२२ जनाको समूहले) पनि प्रदर्शन गरियो। बढाइँ अन्र्तगत गोठादीबाट फूलपाती ल्याई चण्डी मन्दिर, सराङकोट बजार हुँदै सराङकोटधाम स्थित भैरव तथा भुमेकालिकाको परिक्रमा गराई बाजागाजा, डोली सहित भुमेकालिका मन्दिरमा फूलपाती भित्र्याइएका छ ।त्यस अवसरमा पण्डितद्वय बाबुराम पहारी र कृष्ण पहारीले विशेष पूजा गरे भने फूलपाती भित्र्याउन मगर समुदायले उल्लेख्य भूमिका निर्वाह गरे।… पुरा पढौ

ढिकुरपोखरी रक्तदानमा ३० युनिट संकलन

नेपाल रेडक्रस सोसाइटीे अन्नपूर्ण १,२,३ (ढिकुरपोखरी) उपशाखाको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ३० युनिट संकलन भयो।पहिलो रक्तदाता अन्नपूर्ण ३ निवासी चिरञ्जीवी पौडेललाई गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरियो।त्यस अवसरमा भनाई राख्दै अध्यक्ष केसीले रक्तदान जीवनदान भएको उल्लेख गरे।उनले ढिकुरपोखरी उपशाखाले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै देश विकासमा सामाजिक भावना अपरिहार्य रहेको चर्चा गरे।उपशाखा सभापति नारायणप्रसाद भण्डारीले रक्तदान गर्ने तथा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दै स्वस्थ जीवनका लागि… पुरा पढौ

सराङकोटधाममा फूलपाती बढाइ हुँदै

पोखरा–१८,सराङकोटधाममा यसवर्ष पनि फूलपाती बढाइ गरिने भएको छ।सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति तथा वडा कार्यालयको संयुक्त आयोजनामा त्यहाँ फूलपाती बढाइ गर्न लागिएको हो।त्यस अवसरमा युद्धकला सम्बन्धी लोपोन्मुख सरुन खेल पनि प्रदर्शन गरिने समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।बढाई अन्र्तगत गोठादीबाट फूलपाती ल्याई चण्डी मन्दिर हुँदै सराङकोटधाम स्थित भैरव तथा भुमेकालिकाको परिक्रमा गराई बाजागाजा, डोली सहित भुमेकालिका मन्दिरमा फूलपाती भित्राउने कार्यक्रम छ ।त्यस अवसरमा विशेष पूजा पनि हुनेछ भने फूलपाती भित्राउन मगर समुदायको उल्लेख्य भूमिका रहनेछ।सरुन कौशल करिव ७… पुरा पढौ

समाजसेवाको रजत जयन्ती तयारी तीब्र

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्तीको तयारी तीब्र पारेका छ।क्लवले यही असोज १३ र १४ गते जयन्ती मनाउन लागेको हो।जयन्ती उपलक्ष्यमा अन्नपूर्ण गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ एवम् कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिताको तयारी गरिएको छ । स्थानीय लक्ष्मी आधारभूत विद्यालय खेल मैदानमा हुने उक्त प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको क्लव अध्यक्ष ओमप्रसाद पौडेलले जानकारी दिए।अन्नपूर्ण गाउँपालिका मा.वि स्तरीय (कक्षा ९ र १०) हाजिरीजवाफ प्रतियोगितातर्फ प्र्रथम हुने विद्यालयले रु.९ हजार, द्वितीयले रु.६ हजार, तृतीयले रु.३ हजार… पुरा पढौ

माया खोजीदिन परिवारको अपिल

पोखरा–१, लामापाटन निवासी माया विक हराएपछि उनले परिवारले खोजी गरिदिन सबैसँग आग्रह गरेको छ। धादिङ गंगाजमुना–४, मूलपानी स्थायी निवासी ४२ वर्षे विक आइतबार विहानदेखि बस्दै आएको सिम्पानी, लामापाटन स्थित कोठाबाट हराएकी हुन्।उनी बुधबार रातिसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। गहुँगोरो वर्ण, अन्दाजी ४.५ फिट उचाईकी माया हराएपछि परिवारमा चिन्ता छाएको उनका श्रीमान् बाबुराम विकले बताए ।उनलाई फेला पार्नेले ९८४०८५०२७७ मा खबर गरिदिन पनि आग्रह गरिएको छ। उनको परिवारमा श्रीमान् र एक छोरा आयुष छन्।उनीहरु मजदुरी गर्दछन्। पुरा पढौ

प्रस्याङ धारापानीमा सुरक्षा समिति गठन

देशको पछिल्लो विषम अवस्थालाई मध्यनजर राखी पोखरा–५, प्रस्याङ धारापानीमा सुरक्षा समिति गठन गरिएको छ।शनिबार भएको टोलवासीको भेलाले दुर्गादत्त अधिकारीको नेतृत्वमा १३ सदस्यिय मूल टोल सुरक्षा समिति गठन गरेको हो ।त्यस्तै टोल स्थित विभिन्न वस्तीलाई लक्षित गरी अन्य १२ वटा सुरक्षा उपसमिति पनि निर्माण गरिएको धारापानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष हरिश्चन्द्र अधिकारीले जानकारी दिए।समिति गठनसँगै विषम परिस्थिति र यसबाट टोलमा हुन सक्ने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता अराजक गतिविधि रोकथाम एवम् न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।त्यस अवसरमा… पुरा पढौ

पाउँदुर आधारभूत विद्यालयको यातायात सेवा

अन्नपूर्ण–३, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयले यातायात सेवा दिन सुरु गरेको छ ।विद्यालयले भ्यान खरिद गरी आइतबारबाट विद्यार्थीलाई सेवा दिन सुरु गरेको हो।समुदायको सहयोगमा भ्यान खरिद गरी संचालनमा ल्याइएको विद्यालय अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पाउँदुरले नमुना कार्य गरेको स्पष्ट पार्दै एकतामा नै शक्ति हुने औँल्याए।उनले यातायात सेवा थपिएसँगै विद्यालय व्यवस्थापनमा सहजता बढ्ने अपेक्षा सुनाउँदै सहयोगकर्ता सबैप्रति धन्यवाद दिए।गाउँपालिका शिक्षा सुधारमा लागि परेको भन्दै अध्यक्ष केसीले शिक्षा प्राप्तिसँगै व्यक्तिमा अनुशासन, विनयशीलता, नम्रता झल्कनुपर्ने औँल्याए।विद्यालय… पुरा पढौ