समाचार

रक्तदान कार्यक्रमको तयारी पुरा

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजना तथा पोखरा लायन्स क्लव अफ अर्पनको सहआयोजनामा भोली शुक्रबार विहान पोखरा स्थित पृथ्वीचोकमा रक्तदान कार्यक्रम हुँदैछ।मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको हो।सो कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक समेत रहनुभएका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले जानकारी दिनुभयो।त्यसका लागि नेपाल रेडक्रस सोसाइटी कास्की तथा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखरासँग समन्वय भएको छ।सन् २०१७ का स्थापित उक्त संस्था हाल विश्वभरिका कस्केलीको खोजी… पुरा पढौ

छोरेपाटन माविमा खेलकुद सप्ताह सुरु

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ।सप्ताह शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सचेत रहेको सुनाउनुभयो।उहाँले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको चर्चा गर्नुहुँदै खेलमार्फत स्वयम् विद्यार्थी, विद्यालय एवम् राष्ट्रलाई नै चिनाउन सकिने स्पष्ट पार्नुभयो।विद्यार्थीको प्रतिभा प्रस्फुटन महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै प्रधानाध्यापक शर्माले राष्ट्रपति रर्निङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो।उहाँले खेलले जीवनलाई अनुशासित एवम् मर्यादित बनाउने स्पष्ट पनि पार्नुभयो।सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले सरोकारवाला सबैको सहयोगबाट खेल सप्ताह सम्पन्न हुने विश्वास… पुरा पढौ

शालिकरामको नेतृत्वमा छोरेपाटन मा.वि भूपू विद्यार्थी मञ्च

पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षको लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जिसी, कोषाध्यक्षमा ज्योति हमाल, सहसचिवमा शिवराज न्यौपाने र सदस्यहरुमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली, दिलकुमारी खाँण सर्वसम्मत चयन भएका छन् । मञ्चका परिकल्पनाकार दिपकराज बराल संयोजक, पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा… पुरा पढौ

कास्की आदर्श समाजको रक्तदान तयारी तीब्र

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजनामा आउँदो शुक्रबार विहान पोखरा स्थित पृथ्वीचोकमा रक्तदान कार्यक्रम हुँदैछ।मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको हो।सो कार्यक्रमको तयारी तीब्र पारिएको कार्यक्रम संयोजक समेत रहनुभएका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले जानकारी दिनुभयो।नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार पोखरा तथा कास्की आदर्श समाज नेपालको समन्वयमा रक्तदान हुन लागेको हो।सन् २०१७ का स्थापित उक्त संस्था हाल विश्वभरिका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो… पुरा पढौ

छोरेपाटन माविमा अन्तरसदनात्मक हाजिरजवाफ

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आइतबार अन्तरसदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ।       कक्षा ११ तथा १२ विहानी समूह अन्तर्गत भएको उक्त प्रतियोगितामा निलोे सदन प्रथम भयो।त्यस्तै पहेलो सदनले दोस्रो तथा हरियो सदनले तेस्रो स्थानमा चित्त बुझायो।       प्रतियोगितामा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक डिल्लीराम बराल, शिक्षकहरु लिला पराजुली, लिलानाथ आचार्य (विमल), माधव भट्टराई, लक्ष्मण पौडेल, भीम थापा, श्रीभद्र पौडेल, सुशिला कुँवर लगायतले सहजीकरण गर्नुभयो।       कार्यक्रमका धारणा राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा प्रष्फुटन गर्न विद्यालय प्रयासरत रहेको… पुरा पढौ

हेमजा साहित्य महोत्सव सुरु

हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ।साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।दुई दिनसम्म चल्ने उक्त महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भयो।त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याए।गायक परिचित हुदाँ गीतकार ओझेलमा पर्ने परिपार्टीको उनीहरुले विरोध गरे।त्यसका साथै साहित्यलाई युग सुहाउँदो बनाउनुपर्नेमा उनीहरु जोड छ ।विद्यागत धारणका… पुरा पढौ

गुरुकुलद्वारा भोला मञ्चन

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले नाटक भोला मञ्चन गरेको छ।        टङ्क चौलागार्इँ लेखक तथा सुसन पौडेल निर्देशक रहेको उक्त नाटक गैह्रापाटन स्थित पोखरा नाटकघरमा मंगलबार मञ्चन गरिएको हो।त्यस अवसरमा गुरुकुलका विद्यार्थी इम्रान अट्टारी, श्लो गुप्ता, आदित्य जंग थापा, प्रिन्स घिमिरे, सविन ठाडामगर, रोशनी रोकामगर, प्रत्युसा ढकाल, इसान थापा, सगुन लामिछानेले अभिनय गर्नुभयो।        त्यस्तै विद्यार्थी प्रनिश घिमिरे, ग्रीस्मा कार्की, समृद्धि आचार्य, कृसा खाँड ठकुरी, दीपशिखा रेग्मी, अनुप पौडेल तथा दर्शना बास्तोला पनि कलाकार भूमिकामा रहनुभयो। नाटक… पुरा पढौ

हाजिरजवाफमा छोरेपाटन मा.वि प्रथम

सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की अन्तर्गतका विद्यालय स्तरीय माध्यमिक तह हाजिरजवाफ प्रतियोगितामा आयोजक छोरेपाटन मा.विको समूह प्रथम भएको छ।उक्त प्रतियोगितामा विन्ध्यवासिनी मा.वि द्वितीय, बालमन्दिर मा.वि तृतीय तथा शीतलादेवी मा.विको समूह सान्त्वना हुन सफल भए।कार्यक्रममा धारणा राख्नुहुँदै सामुदायिक विद्यालय कलष्टर (साविक) कास्की संयोजक केशवप्रसाद अम्गाईले विद्यार्थीको सर्वपक्षिय विकास र समृद्धिका लागि साविक कास्की निरन्तर लागि परेको उल्लेख गर्नुभयोे।उहाँले अनुशासनलाई ख्याल गर्दै अध्ययनलाई अगाडि बढाउन विद्यार्थीलाई सुझाव समेत दिनुभयो।छोरेपाटन मा.विका अध्यक्ष बद्रीनाथ पहारीले कलष्टरका क्रियाकलापको प्रशम्सा गर्नुभयो।उहाँले कलष्टरका गतिविधिले विद्यार्थीलाई रचनात्मक कार्यमा… पुरा पढौ

पञ्चासे संरक्षण पुरस्कारबाट गुरुङद्वय सम्मानित

यस वर्षको पञ्चासे संरक्षण पुरस्कार २०८२ बाट पर्वत आर्थरका लोकबहादुर गुरुङ र कास्की सिधानेका गुमानसिंह गुरुङ सम्मानित हुनुभएको छ।माछापुच्छ्रे विकास सँघद्वारा स्थापित पञ्चासे संरक्षण पुरस्कार हरेक वर्ष वाला चतुर्थी मेलाको अवसरमा त्यस क्षेत्रमा संरक्षण र विकासमा प्रत्यक्ष योगदान पुर्याउने व्यक्ति, समूह र संस्थालाई प्रदान गर्दै आइएको छ ।अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले एक समारोहका बीच पोखरा मनपा वडा नं. २३ सिधानेका गुमानसिंह गुरूङ र कुश्मा नपा वडा नं. १४ आर्थरका लोकबहादुर गुरूङलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभयो । पुरस्कृत दुबै… पुरा पढौ

माछापुच्छ्रे विकास संघको ३५ औ साधारणसभा सम्पन्न

समाज परिचालन, विद्यालय सरसफाइ, खुला दिसामुक्त अभियान, महिला बालबालिका, वातावरण संरक्षण, जलवायु अनुकूलन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको माछापुच्छ्रे विकास संघ स्थानीय समुदायमा लोकप्रिय रहेको छ।साधारणसभामा कार्यकारी निर्देशक दिलबहादुर भट्टराई, पूर्व वन अधिकृत खगेन्द्रराज बराल, पञ्चासे क्षेत्र विकास समितिका उपाध्यक्ष कृष्णबहादुर गुरुङ, ढिकुरपोखरी सामुदायिक विकास संघका पुण्यप्रसाद भण्डारीले मन्तव्य राख्नुभएको थियो।सभाले कोषाध्यक्ष कृष्णबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२ को आर्थिक प्रतिवेदन र सचिव कृष्णमाया गुरुङले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनलाई सर्व सहमतिले पारित गरेको थियो।माछापुच्छ्रे विकास संघका अध्यक्ष भीमप्रसाद… पुरा पढौ