समाचार

छोरेपाटन मा.विमा वक्तृत्वकला प्रतियोगिता

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा शुक्रबार आज कक्षा ११ तथा १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ।जेनजी आन्दोलन ः सम्भावना र चुनौतीहरु विषयक उक्त प्रतियोगितामा कक्षा ११ का हेमन धामी प्रथम, ११ कै अञ्जली सुवेदी दोस्रो तथा कक्षा १२ का विवेक नेपाली तेस्रो हुनुभयो।प्रतियोगितामा शिक्षकत्रय लिलानाथ आचार्य(विमल), श्रीभद्र पौडेल र सुशीला कुँवरले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थी प्रतिभा पहिचान गर्न विद्यालय सधै प्रयासरत रहेको स्मरण गर्नुहुँदै संसार प्रस्तुतिमा अडिएको धारणा राख्नुभयो।उहाँले संस्कारयुक्त शिक्षाको महत्वमाथि प्रकाश पार्नुहुँदै अभिव्यक्ति… पुरा पढौ

छोरेपाटन मा.विमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना

पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा आज यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना दिइएको छ। नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा भएको उक्त सचेतनामा कक्षा ११ तथा १२ का विद्यार्थी तथा केही शिक्षक सहभागि हुनुभयो। कार्यक्रममा धारणा राख्नुहुँदै वडाध्यक्ष राधिकाकुमारी शाहीले कानुनले २० वर्ष पछिको बिहेलाई मात्रै मान्यता दिएको जानकारी गराउनुहुँदै परिवार नियोजन संघ कास्कीका गतिविधि प्रशम्सा योग्य रहेको बताउनुभयो ।उहाँले किशोरावस्थामा आएका परिवर्तनबारे अभिभावकलाई समयमै जानकारी गराउने सवालमा नलजाउन विद्यार्थीलाई सुझाव दिनुहुँदै असुरक्षित यौनसम्पर्क मार्फत प्राणघातक रोग लाग्न सक्नेतर्फ सचेत… पुरा पढौ

स्वास्थ्य सेवामा अन्नपूर्ण गाउँपालिकाको छलाङ

लुम्लेकी टीका देवकोटाले स्वास्थ्य बीमा गर्न थालेको पनि करिव ९ वर्ष पुग्यो।उनले हालसम्म सयौंको बीमा गराइन्।त्यसका लागि उनी अन्नपूर्ण ६ अन्तर्गत पर्ने लुम्लेका विभिन्न टोलसम्म पुगिन्।        पहिले अर्मपर्म गर्न मात्रै पुग्ने टीका दुःख विमार हुदाँ उपचार गर्न सहज हुने काम लिएर टोलटोलमा पुग्दा त्यहाँका स्थानीयमा खुशी पनि छायो।टीकाले विस्तारै वडावासी सबैलाई बीमा कार्यक्रममा आबद्ध पनि गर्दै गइन् ।फलस्वरुप करिव लुम्लेका सबै घरपरिवार जसोलाई कार्यक्रममा समेट्न सफल भइन्।उनले करिव २ सय घरधुरी लुम्लेवासीलाई बीमा सेवामा जोडिन्।        पहिले पुरै रकम… पुरा पढौ

जनसेवा आधारभूतको भवन शिलान्यास

अन्नपूर्ण गाउँपालिका–१०, फुलिवाङ स्थित जनसेवा आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ। अन्नपूर्ण गाउँपालिका तथा पाहार ट्रष्ट नेपालको साझेदारीमा रु.४० लाखको लागतमा बन्न लागेको उक्त भवनको सोमबार आयोजित एक समारोहका बीच शिलान्यास गरिएको हो।लागत मध्ये संस्थाको तर्फबाट रु.२८ लाख तथा गाउँपालिकाले १२ लाख बोहोर्ने उल्लेख छ। भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सहयोगी ट्रष्टप्रति आभार प्रकट गर्दै शिक्षा विना मानिस पशुतुल्य हुने बताए।उनले गाउँपालिकाले शिक्षालाई महत्व दिएको उल्लेख गर्दै त्यसको झल्को गत सालको एसइई नतिजाले पनि दिएको स्मरण गरे। पाहार… पुरा पढौ

हिले महोत्सवबाट १ लाख ६४ हजार बचत

पाचौं हेमजा हिले महोत्सवबाट रु.१ लाख ६४ हजार २ सय १५ बचत भएको छ। आयोजक देवीस्थान सेवा समाजले शनिबार हेमजामा आयोजना गरेको कार्यक्रममा आय–व्यय सार्वजनिक गर्दै उक्त रकम बचत हुन आएको जानकारी दिएको हो।समाजले गत असार १५ गते हेमजामा महोत्सव गरेको थियो। संस्थाका कोषाध्यक्ष मोहनबहादुर भण्डारीद्वारा प्रस्तुत प्रतिवेदनमा महोत्सवमा कुल ७ लाख ४५ हजार ६ सय १३ रुपैयाँ आम्दानी मध्ये खर्च कटाएर सो रकम बचत हुन आएको उल्लेख छ। पोखरा महानगरपालिका वडा नं. २५ का का.वा अध्यक्ष सुवाश भण्डारीले विष्णुपादुका… पुरा पढौ

४८ युनिट रगत संकलन

पोखरा–५, धारापानी मार्गमा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ४८ युनिट संकलन भएको छ। तिहारको अवसरमा धारापानी टोल विकास संस्था “ख”, धारापानी आमा समूह, जनहित महिला समूह, प्रस्याङ ठूलीपोखरी आमा समूह, धारापानी महिला बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र धारापानी बाल क्लबको संयुक्त आयोजनामा रक्तदान भएको छ। कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद वरालले रक्तदान जीवनदान भएको उल्लेख गर्दै रक्तदानको महत्व आम नागरिकमा बुझाउनुपर्ने बताए। उक्त अवसरमा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विक, समाजसेवीहरु सरीता अधिकारी, शोभाखर अधिकारी, कपिलमणी दाहाल, वसन्तराज अधिकारी, गोविन्द… पुरा पढौ

‘गौरीशंकर क्याम्पसलाई विशिष्टीकृत बनाऔं’

हेमजा स्थित गौरीशंकर बहुमुखी क्याम्पसलाई विशिष्टीकृत शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिइएको छ।        शनिबार भएको क्याम्पसको ३२ औं साधारणसभाका वक्ताले उक्त कुरामा जोड दिर्दै विशिष्टीकृत शैक्षिक संस्था निर्माण गर्न सके गौरीशंकरको भविष्य सुदीर्घ रहने चर्चा गरे। पूर्व शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले गौरीशंकरमा विषय विविधिकरणमा जोड दिर्दै परिवर्तित सोच अनुसारका विषयलाई समेट्दै जानुपर्ने उल्लेख गरे।फरक नतिजा ल्याऔँ, त्यसका लागि फरक कार्यशैली अवलम्बन पनि गरौं, त्यसपछि क्याम्पसमा विद्यार्थी कमी हुने कारण नै नआउने उनको तर्क छ।उनले आवश्यकता र शैक्षिक आकांक्षा बीच तालमेल… पुरा पढौ

हेमजा साहित्य महोत्सवको तयारी तीब्र

आगामि मंसिरमा हुने हेमजा साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ। हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समिति आयोजना तथा हेमजा साहित्य प्रतिष्ठानको प्रमुख व्यवस्थापनमा आगामि १८, १९ र २० मंसिरमा महोत्सव हुन लागेको हो।        जसअन्र्तगत शनिबार हेमजामा छलफल भएको छ भने चाडपर्व लक्षित शुभकामना आदानप्रदान पनि गरियो।        कार्यक्रममा धारणा राख्दै पुम्दीकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हेमजामा साहित्य महोत्सव हुन लागेकोमा खुशी व्यक्त गर्दै भाषिक एकता कायम… पुरा पढौ

१३ औँ आलु महोत्सवको आयव्यय सार्वजनिक

गत चैत २४ देखि वैशाख ३ गतेसम्म भएको १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सवबाट ४ लाख २५ हजार बढी बचत भएको छ।        आयोजक विष्णुपादुका क्लवले आज कार्यक्रम गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।क्लवका कोषाध्यक्ष डम्बर कुँवरले महोत्सवमा कुल रु.२२ लाख ८९ हजार ८२ आम्दानी भएकोमा महोत्सव संचालन खर्च कटाएर रु.४ लाख २५ हजार ४ सय ८६ बचत हुन आएको जानकारी दिए। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य धना पोख्रेल तिमिल्सीनाले आयव्यय सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्दै आलु महोत्सव समग्र… पुरा पढौ

समाजसेवा जिल्लाकै नमूना संस्था बनेको ठहर

अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्ती मनाएको छ। त्यस अवसरमा भएको अन्नपूर्ण गाउँपालिका स्तरीय मा.वि हाजिरीजवाफ प्रतियोगितातर्फ बालमन्दिर मा.वि प्रथम, माछापुच्छे« मा.वि द्वितीय, अभिमान मा.वि तृतीय एवम् सिर्जना मा.वि सान्त्वना भए। प्र्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमश नगद रु.९ हजार, ६ हजार, ३ हजार तथा १ हजार पाँच सय साथमा स्टेशनरी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे। उक्त प्रतियोगितामा प्रश्न निर्माण तथा प्रस्तुतकर्ताको जिम्मेवारी गण्डकी प्रदेश कृषि मन्त्रालयका अधिकृत सन्तोष अधिकारीले वहन गरे। त्यस्तै कास्की… पुरा पढौ