प्रमुख समाचार

जनहित खुल्ला तीजगीत प्रतियोगिताको तयारी पुरा

पोखरा–५, प्रस्याङ स्थित जनहित महिला समूहको आयोजना तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा हुन लागेको प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिताको तयारी पुरा भएको छ। यहि भदौं १ गते हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको र कुल १५ देखि २० समूहको सहभागिता रहने आयोजक जनहित महिला समूहकी अध्यक्ष चन्द्रावती गैह्रे अधिकारीले जानकारी दिनुभयो। जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीमा हुने उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१० हजार, दोस्रोलाई रु.७ हजार, तेस्रोलाई रु.५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र… पुरा पढौ

पोखरा १८ मा आज सार्वजनिक सुनुवाई हुँदै

पोखरा महानगरपालिका वडा नं।१८ सराङकोटमा आज सार्वजनिक सुनुवाई हुँदैछ। वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् सुशासनका बारेमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाई गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो। वडा कार्यालयको सभाहलमा विहान ११ बजेदेखि सुरु हुने उक्त सुनुवाईमा सराङकोटका सम्पूर्ण आम नागरिकलाई उपस्थितीका लागि आग्रह गरिएको छ। हाम्रो कार्यकालमा हालसम्म गरेका सेवा प्रवाह, विकास निर्माणमा केन्द्रीत रहेर वडावासीसँग प्रत्यक्ष छलफलमा जुट्छौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयोः कार्यक्रममा उपस्थित भएर वडाले गरेका गतिविधिका बारेमा… पुरा पढौ

हेमजामा उद्घोषण अभिमुखीकरण

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजना उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।कार्यक्रम तीन दिनसम्म चल्नेछ ।वडा स्तरीय महिला संजालको विशेष सहयोगमा सुरु उक्त कार्यक्रममा हेमजामा रहेका महिला समूहका प्रतिनिधिको सहभागिता छ।कार्यक्रम शुभारम्भ गर्दै क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले संसार प्रस्तुतिमा अडिएको जनाउँदै सीप सिकेको मान्छे भोकै बस्न नपर्ने औँल्याए।उनले क्लव महिलाहरुको क्षमता विकासमा प्रतिबद्ध रहेको सुनाउँदै आगामि दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरनता दिने उल्लेख गरे।महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले आर्थिक संसक्तिकरणमा जोड दिर्दै जीवनमा सीपको महत्व अधिक रहने उल्लेख गरिन् ।उनले… पुरा पढौ

तिब्रेकोट सामुदायिक वन प्रथम

हेमजा स्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूह जिल्लामै प्रथम भएको छ।वन, वातावरण एवम् समूह व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डिभिजन वन कार्यालय कास्कीले आइतबार एक कार्यक्रमका बीच उक्त वनलाई पुरस्कृत गरेको हो ।प्रथम भएसँगै तिब्रेकोटले नगद रु.१० हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।त्यस्तै सीतुकेशरी सामुदायिक वन पोखरा ३३ द्वितीय एवम् पोखरा १८ स्थित ठोट्नेखोला सामुदायिक वन तृतीय भए।द्वितीय र तृतीय भएसँगै ति वन समूहले नगद रु.७ हजार र ५ हजार सहित प्रमाणपत्र हात पारे।कार्यक्रममा धारणा राख्दै डिभिजनल वन… पुरा पढौ

पोखरा १८ मा सार्वजनिक सुनुवाई हुँदै, तयारी पुरा

पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा बिहीबार सार्वजनिक सुनुवाई हुँदैछ। वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह, विकास निर्माण, बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारीता एवम् सुशासनका बारेमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाई गर्न लागिएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो। वडा कार्यालयको सभाहलमा विहान ११ बजेदेखि सुरु हुने उक्त सुनुवाईमा सराङकोटका सम्पूर्ण आम नागरिकलाई उपस्थितीका लागि आग्रह गरिएको छ। हाम्रो कार्यकालमा हालसम्म गरेका सेवा प्रवाह, विकास निर्माणमा केन्द्रीत रहेर वडावासीसँग प्रत्यक्ष छलफलमा जुट्छौं अध्यक्ष तिमिल्सीनाले भन्नुभयोः कार्यक्रममा उपस्थित भएर वडाले गरेका गतिविधिका बारेमा… पुरा पढौ

भिन्न विचारसँग पनि सहकार्य गर्ने यमलाल

अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व भएको चर्चा गरिएको छ।यमलाल देवकोटा स्मृति शैक्षिक प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको स्मृति दीप विमोचन, शैक्षिक बहस तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सीनाले स्वः यमलाल सादा जीवन उच्च विचारमा अनुयायी भएको स्मरण गर्दै उनको जीवनबाट सादकीपन सिक्नुपर्नेमा जोड दिए।उनले लुम्ले लगायत त्यस क्षेत्रको बृद्धि विकासमा यमलालको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै देवकोटालाई सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्वको सज्ञा दिए।नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले… पुरा पढौ

विक्रमको ‘झरी बरिलै’ गीत सार्वजनिक

गीतकार विक्रम पौडेलको नयाँ गीत ‘झरी बरिलै’ सार्वजनिक भएको छ।पौडेलको शब्दसंगीत रहेको उक्त गीतमा पूर्ण संयोगको एरेन्ज तथा रिना केसीले स्वर दिएकी छन्।बाँसुरी डिजिटल स्टुडियो पोखरामा रेकर्ड उक्त गीतको मिक्सिङ मास्टरिङ कुमारराना मगरले काठमाडौं स्थित मारुनी स्टुडियोमा गरेका हुन् ।गीत छायाङकनमा गणेश सापकोटाले भूमिका खेले।गीतमा अस्मिता रनपाल र रिना केसीले मोडलको भूमिका निभाएका छन्।गीत अस्मिता रनपालले निर्देशन गरेकी हुन् भने अमृत चापागाइँले भिडियो सम्पादन गरे।उक्त गीत मार्फत मूल्य बृद्धि, गाउँघरतिरका कामकाजका व्यस्थता, झरी परेको, बाढीपहिरोको भय ,नेट नचेलेको कुरा देखाइएको… पुरा पढौ

अम्बिकाको ‘पहिले जस्तो छैन गाउँघर’ तीजगीत सार्वजनिक

पोखरा । लोक गायिका अम्बिका दाहाल भण्डारीको ‘पहिले जस्तो छैन गाउँघर’ तीज गीत सार्वजनिक भएको छ । गीतमा आवाज लय र शब्द भण्डारीको रहेको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा छवि सुवेदीले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन जुजु गुरुङ र मिक्सिङ मुर्चुङ्गा स्टुडियो काठमाण्डौमा गोविन्द ओलीले गरेका हुन् । कोरस स्वरमा धनकुमारी कँडेलले साथ दिएकी छन् ।  गीतलाई दर्शक श्रोता माझ पुर्‍याउन आकर्षक भिडियो निर्माण गरिएको छ । लबसन गुरुङको निर्देशनमा तयार भएको भिडियोमा दीपना पुनको अभिनय हेर्न पाइन्छ । फलानो क्रियसन पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाँङ्कन दीपेश केसी तथा सम्पादन सुवास अम्गाइले गरेका हुन् । कलाकारलाई सुन्दर बनाउन मेकअपमा आशिष गुरुङले  मेहनत गरेका छन् ।… पुरा पढौ

सराङकोटमा तीजमेला तयारी तीब्र

पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी तीब्र पारिएको छ।त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला तयारी गरिएको हो।        मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा सचिवमा डिलबहादुर थापा छन्।        त्यस्तै कृष्णबहादुर थापाको नेतृत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको नेतृत्वमा आर्थिक संकलन, वडा सदस्य… पुरा पढौ

‘२ लाख कट्यो’ गीत बजारमा

आरति अधिकारी सापकोटाको प्रस्तुति ‘२ लाख कट्यो’ गीत  सार्वजनिक भएको छ । महङगी बढेका वेला सौन्दर्य प्रतिको मोह सुनको मूल्य आकाशिएको र हुदाँ खाने वर्गले लगाउन सक्ने अवस्था नबनेको कुरा गीतमा समेटिएको छ। आरति अधिकारी, माया गुरुङ र ज्ञानेश्वर सुवेदीले स्वर भरेको उक्त गीतमा शब्द, लय आरति अधिकारीकै छ। गीतमा उषा मातले आमा, कुमार गौतमले छोरा, रितीका राईले बुहारीको भूमिका निभाएका छन्। त्यस्तै कल्पना सिग्देल, राजेन्द्र शर्मा, भावना पन्त, संस्कति सुवेदी, प्रसंशा अधिकारी, आकाश दाहाल, सुमित कँडेल, अनुज अधिकारी, अनमोल,… पुरा पढौ