कास्की

रेडक्रस हेमजा उपशाखा भवन उद्घाटन

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।        शनिबार एक कार्यक्रमका बीच जिल्ला सभापति उर्मला खड्का, निवर्तमान् सभापति डण्डराज शर्मा पौडेल तथा चन्दादाता संगीता कुँवरद्वारा संयुक्त रुपमा शिलालेख अनावरण गरी उद्घाटन गरिएको हो ।        कार्यक्रममा धारणा राख्दै जिल्ला सभापति खड्काले हेमजा रेडक्रसले विगतदेखि नै राम्रा गतिविधि गर्दै आइरहेको चर्चा गर्दै रेडक्रसको मर्म तथा भावना अनुसार उपशाखा अगाडि बढिरहेको धारणा राखिन् ।        निवर्तमान् सभापति पौडेलले हेमजा उपशाखाको संक्षिप्त चिनारी दिर्दै वर्तमान् कार्यसमितिले भवन निर्माण… पुरा पढौ

गुरुकुलमा निःशुल्क दन्त शिविर

पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ। रानीपौवा स्थित अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टरको आयोजना तथा विद्यालयको व्यवस्थापनमा आज सोमबार शिविर भएको हो।  शिविर शुभारम्भ गर्नुहुँदै प्रधानाध्यापक भुवन सुवेदीले दाँत स्वास्थ रहेमात्रै मानिसको आँत तन्दुरुस्त हुने उल्लेख गर्नुहुँदै जीवनमा मुख स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने औँल्याउनुभयो। उहाँले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिनुहुँदै आगामि दिनहरुमा अर्किड डेण्टलसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो । विद्यार्थीको स्वास्थ्य सरलीकृत गर्ने पक्षमा विद्यालय हर… पुरा पढौ

वडा नं. १५ लाई  अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि

हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिवार भएको फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं. १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं. १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी… पुरा पढौ

‘गन्धर्व जातिःसंगीत र कलाका विशिष्ट शक्ति’

गन्धर्व जाति संगीत तथा कलाका विशिष्ट शक्ति रहेकोे चर्चा गरिएको छ। सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा शनिबारदेखि सुरु अल्पसंख्यक, सिमान्तकृत र लोपोन्मुख जाति समुदायको(गन्धर्व जाति) आर्थिक सशक्तिकरण तथा सचेतना अभिबृद्धि कार्यक्रमका बीच उक्त चर्चा गरिएको हो।कार्यक्रमका वक्ताहरुले गन्धर्व जातिको भाषा विकास भएपनि बाहिर ल्याउन नसकेको दुखेसो समेत पोखे। कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकीलाई प्रकृति तथा संस्कृतिको धनी प्रदेशका रुपमा चिनाउँदै संस्कृति राष्ट्रको सम्पति भएकाले त्यसलाई बचाउनुपर्ने औँल्याए।उनले गन्धर्व समुदायमा रहेका समस्या… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न.१ र १५ भिड्ने

हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न।२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित  समयमा दुवै टिमले २÷२ गोल बाराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न।१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं। ७ का ईश्वर… पुरा पढौ

अन्तर वडास्तरीय फुटबलका सेमिफाइनल खेल आज

पोखरा.२५ हेमजा स्थित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।  वुधवार भएको वडा न.१३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित  समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न.१३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का… पुरा पढौ

हिमालय माविको ५१ औं वार्षिकोत्सव

अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भयो । त्यस अवसरमा स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण पनि गरियो।कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै शिक्षालाई पालिकाले महत्व दिइरहेको औँल्याए । उनले कम्तीमा ७० प्रतिशत शैक्षिक उपलब्धी हासिल गर्ने गरी क्रियाकलाप संचालन गर्न निर्देशन दिर्दै हिमालय माविलाई नमुना शैक्षिक संस्थाका रुपमा अगाडि बढाउन सुझाव दिए।त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष भरतमान् गुरुङ, स्मारिका प्रकाशन… पुरा पढौ

हेमजामा अन्तर वडा फुटबल जारी

पोखरा–२५, हेमजामा जारी ३५ वर्ष माथि उमेर समूहको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल भएका छन्। पहिलो खेल वडा नं. १३ र १४ का बीच भएकोमा १३ नं. वडाले २–० गोलअन्तरले वडा नं.१४ लाई हराउँदै अगाडि बढ्यो।त्यस्तै वडा नं. २५ निलो तथा वडा नं.२० वीच भएको पहिलो क्वाटरफाईनल खेलमा ४–० गोलअन्तरले पछि पादै वडा न.२५ निलो सेमिफाइनल प्रवेश गर्यो ।उक्त खेलमा वडा न.२५ अन्तर्गत जर्सी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।… पुरा पढौ

वडा न. १ र ५ विजयी

पोखरा महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को दोस्रो दिन दुई खेल सम्पन्न भएको छ ।आइतवार भएको पहिलो खेल वडा न. १७ र १ बिच भएको थियो ।जस्मा १ ले २–१ गोलको अन्तरले पछि पार्दै विजयी भयो । वडा न.८ र ५ बिच भएको दोस्रो खेलमा ४–१ गोल अन्तरले वडा न.५ ले जित आफ्नो पक्षमा पार्न सफल भयो । भोलि पहिलो खेल वडा न १३ र १४ बिच हुनेछ । दोस्रो वडा… पुरा पढौ

जनप्रेमी आधारभूतको ७० औं वार्षिकउत्सव

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, किम्चे स्थित जनप्रेमी आधारभूत विद्यालयको ७० औँ वार्षिकउत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।समारोह उद्घाटन गर्दै वडाध्यक्ष गौतम गुरुङले विद्यालय शिक्षाको आवश्यकता औँल्याउँदै मानिसमा अनुशासन महत्वपूर्ण हुने बताए।उनले वडाको शैक्षिक धरोहरका रुपमा जनप्रेमीलाई चिनाउँदै संस्कारसहितको शिक्षा अपरिहार्य रहेको धारणा राखे।कार्यपालिका सदस्य भुपाल घर्तीले गाउँपालिकाले शिक्षा सुधारमा पहल गरिरहेको स्पष्ट पार्दै कम्तीका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी शैक्षिक क्रियाकलाप संचालन गर्ने नीति लिइएको जानकारी दिए ।उनले विद्यालय प्रगतिको कामना गर्दै कार्यपालिका सदस्यको हैसियतले विद्यालयका… पुरा पढौ