
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको अध्यक्षमा सागर अधिकारी चयन हुनुभएको छ।
समितिका सदस्यमा दानबहादुर शाही, रामबहादुर राना, लक्ष्मी पौडेल लामिछाने र देवीप्रसाद बस्र्याल छनोट हुनुभयो।त्यस्तै विक्रम गुरुङ वडा प्रतिनिधि चयन हुनुभएको प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिनुभयो।
समितिलाई केही दिनमै पूर्णता दिने तयारी पनि भइरहेको छ।यसअघि विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा यही पुस ७ गते अभिभावक भेला भएको थियो।
विद्यालयले यही पुस १७ गते आफ्नो ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी पनि गरेको छ। सोही दिन विहान रक्तदान कार्यक्रम समेत हुनेछ।










