
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजना तथा पोखरा लायन्स क्लव अफ अर्पणको सहआयोजनामा आज विहान पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा कुल ३५ प्रिन्ट रगत संकलन भएको छ ।
मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गरेको हो।
कार्यक्रममा धारणा राख्नुहुँदै प्रमुख अतिथी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संस्थाले मानव कल्याणकारी कार्य गरेकोमा खुशी व्यक्त गर्नुहुँदै संस्थासँग आगामि दिनहरुमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
संस्थाका संरक्षक तिलकसाली सापकोटाले संस्थाले सराहनीय कार्य गरेको औँल्याउनुहुँदै असल कर्मले नै मानिसलाई श्रेष्ट बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रम संयोजक समेत रहनुभएका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले सरोकारवाला सबैको साथ सहयोगबाट कार्यक्रम सम्पन्न भएको स्पष्ट पार्नुहुँदै संस्थाले मानवीय सेवाका क्रियाकलापलाई निरन्तरता दिने जनाउनुभयो।
उहाँले कार्यक्रम सफल बनाउन संस्थाका अध्यक्ष शिव वानियाँ, वरिष्ठ उपाध्यक्ष विशाल ढुङगाना, महासचिव केदार कुँवर, सचिव राजेश सुवेदी, गण्डकी प्रदेशसभा सदस्य सरास्वती गुरुङ, संस्थाका सल्लाहकार गंगाधर पराजुली लगायतको पनि महत्वपूर्ण भूमिका रहेको पनि औँल्याउनुभयो।
त्यस अवसरमा सल्लाहकार प्रकाशलाल श्रेष्ठ, अमेरिका अध्यक्ष डम्बरजंग गुरुङ, लायन्स क्लव अफ् पोखरा अर्पणका जिल्ला निर्देशक हीरा भण्डारी लगायतले पनि धारणा राख्नुहुँदै मानवीय सेवाका गतिविधिले समाजलाई सकारात्मक दिसामा अगाडि बढाउने उल्लेख गर्नुभयो।
कार्यक्रमका बीच हालसम्म गरी ९० पटक रक्तदान गर्नुहुने जितेन्द्रमान् शाक्यलाई दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरियो ।त्यस्तै रक्तदातालाई कदर पत्र पनि वितरण गरियो।
नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार केन्द्र पोखरा एवम् कास्की आदर्श समाज नेपालको समन्वयमा कार्यक्रम भएको हो।
कार्यक्रम संयोजक सन्तोष तिमिल्सीनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव पुजा शाह ठकुरीले स्वागत तथा कोषाध्यक्ष विकास अधिकारीले कार्यक्रम संचालन गर्नुभयो।
सन् २०१७ का स्थापित संस्था हाल विश्वभरिका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान् नाराका साथ क्रियाशिल छ।जसका कतार, माल्डा, अमेरिका, अष्टे«लिया लगायत ३३ राष्ट्रमा कार्यालय छन्।
विशेष गरी संस्थाले परदेशी भूमिका दुःख, पीरमा परेकालाई साथै नेपालमा भैपरी आउने विपद्मा सहयोग गर्ने लगायतका परोपकारी कार्य गर्दै आइरहेको छ।
त्यस्तै संस्थाले कास्कीका ६ विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी एवम् न्यानो कपडा वितरण गर्ने पनि उल्लेख गरेको छ। गत वर्ष मात्रै संस्थाले किशोरीलाई सेनीटरी प्याड निर्माण सम्बन्धी तालिम पनि प्रदान गरेको थियो।










