शिक्षा

लोकनृत्यमा छोरेपाटन माविकी प्रिनसेस प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा बिहीबार भएको खुला एकल लोकनृत्य प्रतियोगितामा छोरेपाटन माविकी प्रिनसेस थापा प्रथम भइन्।उक्त प्रतियोगितामा शिवशक्ति माविका अफिन पूर्जा द्वितीय, कास्की मोडनाइज्डकी स्मृति थापा मगर तृतीय एवम् वेलनोन एकेडेमीकी इसाली आले तथा कालिका माविकी नशिवी परियारले सान्त्वना स्थान हासिल गरे। प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना भएसँगै उनीहरुले नगद, प्रमाणपत्र सहित शिल्ड पुरस्कार प्राप्त गरे।प्रतियोगितामा मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी र डिल्लीराम बरालले निर्णयकको भूमिका निर्वाह… पुरा पढौ

गुरुकुल विद्या सदनको १९ औँ वार्षिकोत्सव

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको १९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले विद्यार्थीलाई भोलीका कर्णधारका रुपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशम्सनीय रहेको सुनाए।उनले प्रमाणमा आधारित सिकाइ र प्रयोगमा आधारित शिक्षण तथा सिकाइ जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।विद्यालय अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अभिभावकले विद्यालयप्रति देखाइएको विश्वास एवम् भरोसालाई… पुरा पढौ

क्रिकेटमा छोरेपाटन मा.वि सेमीफाइनल प्रवेश

छोरेपाटन माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ ।लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटनले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह सी बाट सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो।योसँगै छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो ।यसअघि समूह डी बाट बालमन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ।बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो।टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम… पुरा पढौ

अभिभावक साथी जस्तो बन्नुपर्दछ

अभिभावक साथी जस्तो बन्नुपर्नेमा जोड दिइएको छ ।नेलम्बो नेपाल पोखरा–४, गैह्रापाटनको आयोजनामा आइतबार भएको अन्तरक्रियाका वक्ताले उक्त कुरा औँल्याएका हुन्।उनीहरुले अभिभावकले बच्चालाई साथीको जस्तो व्यवहार गर्नुपर्ने भन्दै त्यसले नै बच्चालाई सही मार्गमा लैजाने धारणा राखे।बच्चासँग नजिक रहेर, उनीहरुका आँखामा आँखा जुधाएर, मायालु भावका साथ अभिभावकले कुरा गर्नुपर्दछ, त्यसबाट नै बच्चाको व्यक्तित्व विकास हुन्छ, संस्थाद्वारा संचालित शिशु स्याहार परामर्श तथा विकास परियोजनाका कार्यक्रम अधिकृत मनिषा अधिकारीले भनिन्।अधिकारीले जन्मेको ३ वर्षभित्रमा बच्चाको ८० प्रतिशत मतिष्क विकास हुने भन्दै उक्त वेला अत्यन्तै संवेदनशील… पुरा पढौ

शान्ति निकेतनमा सरस्वती पूजा

पोखरा–५,पस्र्याङ स्थित शान्ति निकेतन स्कूलमा शुक्रबार सरस्वती पूजा एवम् अक्षरारम्भ कार्यक्रम भएको छ ।कार्यक्रम विद्यालयको निर्माणाधीन भवन परिसरमा भएको हो।त्यस अवसरमा हाल संचालित विद्यालय परिसरबाट नयाँ भवन परिसरसम्म ¥याली भयो ।¥यालीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहयो।¥यालीका बीच भजन समूहले प्रस्तुति राख्यो भने यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीको सहयोग लिइयो।कार्यक्रमको आकर्षणका रुपमा तीन विद्यार्थीलाई देवी सरस्वतीको प्रतीकात्मक रुपमा सुसज्जित गरी रथमा राखिएको थियो।कमलको आकृतिमा सजाइएको रथसहित उक्त ¥यालीले पुरानो विद्यालय परिसरदेखि नयाँ भवन परिसरसम्म यात्रा गर्यो।त्यस क्रममा पुरोहितद्वारा स्वस्ति… पुरा पढौ

दुर्गाभवानी आदर्श विद्यालयको ५३ औं वार्षिकोत्सव

अन्नपूर्ण–२, सेराचौर स्थित दुर्गाभवानी आदर्श आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार एवम् छात्रवृर्ति वितरण समारोह मंगलबार सम्पन्न भयो।सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा क्षेत्रको सवलीकरणका लागि पालिका गम्भिर रहेको सुनाउँदै पछिल्लो समय पालिकामा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको औँल्याए।उनले शिक्षा विकासका लागि विद्यालयलाई हरवखत सहयोग गर्न पालिका तयार रहेको स्पष्ट पार्दै आफ्ना बालबच्चाको पढाइमा ध्यान दिन अभिभावकलाई सुझाए।वडाध्यक्ष पिताम्बर भण्डारीले अभिभावकले चाँसो दिएका विद्यालय मात्रै सफल हुने विश्वास व्यक्त गर्दै विद्यालयका क्रियाकलाप बालमैत्री पाइएको बताए।कार्यक्रममा अन्नपूर्ण… पुरा पढौ

‘शैक्षिक उत्कृष्टताको अगुवा संस्था अम्बिका’

सुईखेत स्थित अम्बिका माध्यमिक विद्यालय शैक्षिक उत्कृष्टताको अगुवा संस्था भएको औँल्याइएको छ।विद्यालयको बिहीबार भएका ५८ औं वार्षिकोत्सव, अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा औँल्याउँदै शैक्षिकका अलवा अम्बिकाले भौतिक रुपमा पनि छलाङ मार्दै गएको जनाए।शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अम्बिकाका असल अभ्यासहरुलाई अन्य विद्यालयले पनि आत्मसात गर्नुपर्नेमा जोड दिए ।उनले उपचारात्मक शिक्षण सिकाई, जिम्मेवारी बाँडफाड, अभिभावक शिक्षा अम्बिकामा अपनाइने गरेको धारणा राख्दै ति गतिविधिले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिएको स्पष्ट पारे।हिजो कठिन अवस्थामा विद्यालय थियो, सबैको… पुरा पढौ

माछापुच्छे« मा.वि.को ५३ औं वार्षिकोत्सव

अन्नपूर्ण २, ढिकुरपोखरी स्थित माछापुच्छे« माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भयो।सभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिका शैक्षिक गुणस्तर अभिबृद्धिको निरन्तर अभियानमा लागेको सुनाउँदै त्यो क्रमशः पुरा हुँदै गइरहेको अनुभव राखे।उनले माछापुच्छे«लाई नमुना शैक्षिक संस्था बनाउन पहल भइरहेको जनाउँदै शिक्षा विनाको जीवन अन्धकारमय हुने स्पष्ट पारे।उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा सुधार्न सबै जिम्मेवार हुनुपर्ने भन्दै त्यसको नतिजा लामो समय अन्र्तरालपछि देखिने भनाई राखिन्।माछापुच्छ«े शिक्षा क्याम्पस प्रमुख लोकराज भण्डारीले योजना निर्माण गरी विद्यार्थी सङख्या बढाउन लाग्नुपर्ने धारणा… पुरा पढौ

छोरेपाटन पोखराकै गर्वलायक विद्यालय

छोरेपाटन माध्यमिक विद्यालय समग्र पोखरा क्षेत्रकै गर्वलायक शैक्षिक संस्था रहेको औँल्याइएको छ।        विद्यालयको बिहीबार भएको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका वक्ताले उक्त कुरा औँल्याउँदै छोरेपाटनका असल अभ्यासलाई अन्य विद्यालयले पनि सिको गर्नुपर्ने जनाए।        वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टी विद्यालय प्रति अभिभावकको विश्वास एवम् विद्यार्थी आकर्षणले दिएको बताए।        यो पोखराकै टपटेन भित्रको विद्यालय हो, यहाँको विद्यार्थी सङख्याले सामुदायिक विद्यालयमा पढाइ हुँदैन… पुरा पढौ

सागर नेतृत्वमा छोरेपाटन मा.वि

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको अध्यक्षमा सागर अधिकारी चयन हुनुभएको छ।समितिका सदस्यमा दानबहादुर शाही, रामबहादुर राना, लक्ष्मी पौडेल लामिछाने र देवीप्रसाद बस्र्याल छनोट हुनुभयो।त्यस्तै विक्रम गुरुङ वडा प्रतिनिधि चयन हुनुभएको प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिनुभयो।समितिलाई केही दिनमै पूर्णता दिने तयारी पनि भइरहेको छ।यसअघि विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा यही पुस ७ गते अभिभावक भेला भएको थियो।विद्यालयले यही पुस १७ गते आफ्नो ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी पनि गरेको छ। सोही दिन विहान रक्तदान कार्यक्रम समेत हुनेछ। पुरा पढौ