पर्यटन

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए ।नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो ।… पुरा पढौ

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदै छ । पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।कार्यक्रममा प्राडा रमेशराज कुँवरले नेपालको पर्यटन हिजो, आज र… पुरा पढौ

फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक

बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर! खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन… पुरा पढौ

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुध्द एअरले पाँच वटा जहाजमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको गरेको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखराबाट भारतको नयाँदिल्ली, देहेरादुनमा सिधा उडान गर्ने तयारी गरेको जनाएको छ । त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने योजना रहेको कम्पनीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । विमानस्थलको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ

माछापुच्छ्रेका आठ युवाद्धारा एकैपटक मर्दी हिमालको सफल आरोहण

कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ जना युवाले पाँच हजार ५८७ मिटर अग्लो प्रसिद्ध मर्दी हिमालको एकै साथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको मर्दी हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्सीय टोली मध्येका आठ जनाले असोज १७ गते विहान ९ः३० बजे सफलतापूर्व हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष… पुरा पढौ

‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उनले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । सङ्ग्रहालयमा प्रदर्शित विभिन्न जातजातिसहितको मानवकक्ष, पर्वतीय हिमशृङ्खला, हिमाल आरोहणका गतिविधि, भौगोलिक कक्षलगायतको रुचिपूर्वक अवलोकन गर्दै उनले मुलुकको गहनाका रूपमा रहेको सङ्ग्रहालयको उचित प्रचारप्रसार गर्दै विश्वका पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । कोरोना कहरका कारण चार महिनादेखि बन्द… पुरा पढौ