मनोरन्जन

हेमजामा हिले महोत्सवको तयारी

देवीस्थान सेवा समाजको आयोजनामा यहि १५ असारमा हेमजामा हिले महोत्सव तयारी थालिएको छ।समाजले यसपटक गर्न लागेको महोत्सव पाचौं हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सव देवीस्थान टोल स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा हुनेछ ।त्यसका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरी महोत्सव तयारी तिब्र पारिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धनका तथा आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ… पुरा पढौ

गुरुकुल विद्या सदनको फुटसल सुरु

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा बुधबारदेखि फुटसल सुरु भएको छ ।विद्यालयले एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद अन्र्तगत फुटसल सुरु गरेको हो ।उक्त प्रतियोगितामा ६४ समूहले भाग लिएकोमा बुधबार पहिलो दिन २४ खेल भए।प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रको विकासमा गुरुकुलले योगदान दिइरहेको चर्चा गर्दै विद्यालयसँग सहकार्य गर्दै जाने बताए ।उनले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको धारणा राखे ।विद्यालय अध्यक्ष… पुरा पढौ

गुरुकुलको सप्ताहव्यापी खेलकुद सुरु

पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल सुरु भएकोमा पहिलो दिन १० खेल भए ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूहले भाग लिएका छन् । प्रतियोगिता शुभारम्भ गर्दै कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले गुरुकुलले सान्दर्भिक प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै यो विद्यार्थीलाई प्रतिभा देखाउने अवसर भएको बताए ।उनले जिल्ला स्तरमा पनि छिट्टै भलिवल हुने जनाउँदै खेलसँगै अनुशासनमा पनि ख्याल गर्न… पुरा पढौ

भोलिदेखि गुरुकुलको सप्ताहव्यापी खेलकुद

पोखरा–९,वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित सप्ताहव्यापी खेलकुद प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्र्तगत छात्र।छात्रा भलिवल एवम् फुटसल हुनेछ।भलिवल छात्रतर्फ ४६ एवम् छात्रातर्फ ८ समूह बीच प्रतिष्पर्धा हुने प्रधानाध्यापक भुवन सुवेदीले जानकारी दिनुभयो। असार १ देखि ३ गतेसम्म छन्त्याल समाज नदीपुरमा छात्र।छात्रा भलिवल एवम् असार ४ देखि ६ गतेसम्म वि फिट् फुटसल गणेशटोलमा फुटसल खेलिनेछ।भोलि भलिवलको उद्घाटन कास्की जिल्ला भलिवल संघका महासचिव टंकराज पौडेलले एक कार्यक्रमका बीच गर्ने तय भएको छ। विद्यार्थीलाई… पुरा पढौ

वडा नं. १५ लाई  अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि

हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हाता पारेको छ । गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिवार भएको फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको हो । विजेतासँगै वडा नं. १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं. १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी… पुरा पढौ

अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न.१ र १५ भिड्ने

हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बिहीबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । विहिवार भएको वडा न।२५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित  समयमा दुवै टिमले २÷२ गोल बाराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भयो । जसमा वडा न।१ ले वडा नं।२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १ का जर्सी नंं। ७ का ईश्वर… पुरा पढौ

अन्तर वडास्तरीय फुटबलका सेमिफाइनल खेल आज

पोखरा.२५ हेमजा स्थित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।  वुधवार भएको वडा न.१३ र १५ विचको अन्तिम क्वाटर फाइनलको खेलमा र्निघारित  समयमा दुवै टिमले नतिजा निकाल्न नसक्दा खेल ट्राइवेकरमा परिणत भयो । जस्मा वडा न. १५ ले वडा न.१३ लाई ३–२ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि वडा न १५ का… पुरा पढौ

हेमजामा अन्तर वडा स्तरीय फुटबल सुरु

पोखरा महानगरपालिका वडा नं .२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो । नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताउनुभयो । खेल पूर्वाधारको विकास तथा निर्माण, खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहन, खेल चेतनाको विकास, विद्यालय तथा समुदाय स्तरमा खेलकुदको भावना जागरण लगायत कार्यहरूमा महानगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।पोखरा… पुरा पढौ

लुम्लेको ठाडो भीरमा रक क्लाइमिङ निर्माण गर्नुपर्ने

अन्नपूर्ण गाउँपालिका–६, लुम्ले स्थित ठाडो भीरमा रक क्लाइमिङ गरी पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको छ।अन्नपूर्ण सञ्चार तथा बहुउद्देश्यीय प्रा.लिको सहजीकरणमा शुक्रबार भएको गाउँपालिकाको चालु आ.वको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईका बीच लुम्लेवासीले त्यसतर्फ पालिका नेतृत्वको ध्यानाकर्षण गराए।उक्त भीर करिव ५ सय मिटरको छ ।त्यहाँ रक क्लाइमिङका अलवा स्काई साइकिलिङ पनि गर्न सकिन्छ र त्यहाँबाट कान्छी वराहसम्म पदमार्ग निर्माण गरे, पर्यटन मार्फत पालिकाले राम्रै आन्दानी लिन सक्ने लुम्लेवासीको ठहर छ।त्यसको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालु आ.वतर्फ १० लाख बजेट विनियोजन गरिसकेको… पुरा पढौ

आलु महोत्सव भोली सकिदै

१३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् ।त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ।त्यसैगरी कृषि झाँकी ¥यालीतर्फको… पुरा पढौ