मनोरन्जन

मानवसेवा आश्रमको भवन पूर्णताका लागि महायज्ञ

हेमजा स्थित मानवसेवा आश्रमले यही १९ देखि २६ वैशाखसम्म गर्न लागेको श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ।आयोजक आश्रमले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यज्ञको तयारी सकिएको जनाएको हो । जसमा भागवत् भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन्।आश्रमको हेमजा स्थित निर्माणधिन भवन तथा लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिने, मुक्तिनाथ सेवा धर्मशाला निर्माण र अक्षयकोष श्रीबृद्धि गर्ने उद्देश्यका साथ उक्त यज्ञ गर्न लागिएको हो ।जसमार्फत पितृ मोक्ष, शान्ति प्राप्ति एवम् मानवता प्रर्वद्धन हुने अपेक्षा गरिएको छ।यज्ञ अन्तर्गत उद्घाटनको दिन बाजागाजा सहित… पुरा पढौ

आलु महोत्सवको समापन आज, चर्चित कलाकार प्रकाश सपुत आउँदै

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ ।समापन अवसरमा रत्यौली गीत, कृषि झाँकी प्रतियोगिताको नतिजा पनि सार्वजनिक गर्दै विजेता समूहलाई पुरस्कृत गरिनेछ । त्यस्तै सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवको ८ औं दिन शुक्रबारसम्म ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेका छन् । जसमध्ये कुल ६ हजार… पुरा पढौ

३० लाख बढीको आलु कारोवार

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन… पुरा पढौ

ग्राहकको घुइँचोले आलु किन्न लाइनमा बस्नुपर्ने अवस्था

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने… पुरा पढौ

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो।दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ।आइतबारसम्म रु. ८ लाख बढीको आलु… पुरा पढौ

आलु महोत्सव भोलीदेखि

राष्ट्रिय हेमजा आलु महोत्सव भोलीदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म संचालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको… पुरा पढौ

आलु महोत्सवको तयारी पूरा, मेयरले उद्घाटन गर्ने

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ ।उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल… पुरा पढौ

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

विष्णुपादुका क्लब पोखरा–२५ हेमजाले शनिबार १४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी भेला सम्पन्न गरेको छ ।भेला मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो।सो भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक सदस्य एवं सम्बन्धित सरोकारवालाको उपस्थिति थियो। उक्त छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरुले हालसम्मको तयारीका सम्बन्धमा गरिएका कार्यसम्पादन प्रस्तुत गरेका थिए।भेलाले हालसम्म स्थानीय तवरबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया पाएको निष्कर्ष निकालेको छ। भेलाका बीच पूर्व अध्यक्ष रमेश कार्की… पुरा पढौ

आलु महोत्सव २७ चैतदेखि

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी थालिएको छ ।विष्णुपादुका क्लवको आयोजनामा शनिबार भएको सरोकारवालाको भेलाले यहि चैत २७ देखि वैशाख ५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो।सदा झै यसपटक पनि ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाऊँः आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ । भेलाले क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सहसंयोजकमा मीना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भए।त्यस्तै विभिन्न उपसमिति… पुरा पढौ

लोकनृत्यमा छोरेपाटन माविकी प्रिनसेस प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा बिहीबार भएको खुला एकल लोकनृत्य प्रतियोगितामा छोरेपाटन माविकी प्रिनसेस थापा प्रथम भइन्।उक्त प्रतियोगितामा शिवशक्ति माविका अफिन पूर्जा द्वितीय, कास्की मोडनाइज्डकी स्मृति थापा मगर तृतीय एवम् वेलनोन एकेडेमीकी इसाली आले तथा कालिका माविकी नशिवी परियारले सान्त्वना स्थान हासिल गरे। प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना भएसँगै उनीहरुले नगद, प्रमाणपत्र सहित शिल्ड पुरस्कार प्राप्त गरे।प्रतियोगितामा मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी र डिल्लीराम बरालले निर्णयकको भूमिका निर्वाह… पुरा पढौ