मनोरन्जन

सराङकोटमा तीजमेला तयारी तीब्र

पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी तीब्र पारिएको छ।त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला तयारी गरिएको हो।        मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा सचिवमा डिलबहादुर थापा छन्।        त्यस्तै कृष्णबहादुर थापाको नेतृत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको नेतृत्वमा आर्थिक संकलन, वडा सदस्य… पुरा पढौ

‘२ लाख कट्यो’ गीत बजारमा

आरति अधिकारी सापकोटाको प्रस्तुति ‘२ लाख कट्यो’ गीत  सार्वजनिक भएको छ । महङगी बढेका वेला सौन्दर्य प्रतिको मोह सुनको मूल्य आकाशिएको र हुदाँ खाने वर्गले लगाउन सक्ने अवस्था नबनेको कुरा गीतमा समेटिएको छ। आरति अधिकारी, माया गुरुङ र ज्ञानेश्वर सुवेदीले स्वर भरेको उक्त गीतमा शब्द, लय आरति अधिकारीकै छ। गीतमा उषा मातले आमा, कुमार गौतमले छोरा, रितीका राईले बुहारीको भूमिका निभाएका छन्। त्यस्तै कल्पना सिग्देल, राजेन्द्र शर्मा, भावना पन्त, संस्कति सुवेदी, प्रसंशा अधिकारी, आकाश दाहाल, सुमित कँडेल, अनुज अधिकारी, अनमोल,… पुरा पढौ

प्रस्याङमा जनहित खुल्ला तीजगीत हुँदै

पोखरा–५, प्रस्याङ स्थित जनहित महिला समूहको आयोजना तथा धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा प्रथम जनहित खुल्ला तीजगीत प्रतियोगिता हुने भएको छ।यहि भदौं १ गते हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको आयोजक महिला समूहकी अध्यक्ष चन्द्रावती गैह्रे अधिकारीले जानकारी दिनुभयो।प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१० हजार, दोस्रोलाई रु.७ हजार, तेस्रोलाई रु.५ हजार तथा सान्त्वना पुरस्कार रु.३ हजार साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।त्यस्तै उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि समान रु.१ हजार पुरस्कार व्यवस्था गरिएको समूहले उल्लेख गरेको छ। ‘तीज हाम्रो परम्परा… पुरा पढौ

सराङकोट धाममा तीज मेला हुँदै

पोखरा–१८, सराङकोट धाममा तीज मेला हुने भएको छ। सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा मेला हुने भएको हो। सोमबार भएको भेलाले मेला गर्ने निर्णय गरेको छ ।मेलाको मिति, त्यहाँ हुने प्रतियोगिता एवम् विभिन्न गतिविधि आगामि बैठकले तय गर्ने उल्लेख छ। भेलालाई सम्बोधन गर्दै सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले नारीको दुःखसुख आदानप्रदान गर्ने चाँडका रुपमा तीजलाई सम्झदै तीजका नाममा हुने गरेका विकृतिलाई अन्त्य गर्नुपर्ने बताए। वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले तीज मेलाले सराङकोट धाममा रौनकता थप्ने… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव ६ भाद्रदेखि                                     

हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ ।टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो ।आयोजक केन्द्रले महोत्सवको मिति तय सँगै तयारी समेत तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था,… पुरा पढौ

सराङकोट धाममा शिव महिमा पूजा सुरु

पोखरा–१८, सराङकोटधाममा शिव महिमा विशेष पूजा सोमबारबाट सुरु भएको छ। साउनका प्रत्येक सोमबार गरिने उक्त पुजालाई पञ्चरुद्री पनि भनिएको छ।त्यस अवसरमा दिनभरजसो शिवपुजन, भजनकीर्तन, रुद्राभिषेक, साँझ महाआरती गरिएको छ ।त्यसका साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमेकालिका, भैरव र चण्डी मन्दिरको दर्शन व्यवस्था छ भने अन्नपूर्ण केवलकारले महाआरतीमा सहभागि हुनेका लागि रु.दुई सय ५० मा आवतजावतको व्यवस्था मिलाएको छ । पुजा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सराङकोट धार्मिक पर्यटकीय स्थलमा रुपमा स्थापित भइसकेको जनाउँदै अव त्यसको व्यवस्थापकीय पाटोमा ध्यान… पुरा पढौ

पाँचौं हेमजा हिले महोत्सवको रौनक

पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो । करिब ११ः०० बजे सम्म स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग हुँदै मिलनचोक परिकमा गरी महोत्सव स्थलमा पुगे । महोत्सव… पुरा पढौ

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको… पुरा पढौ

हिले महोत्सव क्षेत्र सरसफाई

पोखरा–२५, हेमजा स्थित देवीस्थान सेवा समाजले शनिबार सरसफाई गरेको छ । समाजले हेमजामा हुन लागेको हिले महोत्सव क्षेत्र सरसफाई गरेको हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ समाजको आयोजनामा यही १५ असारमा पाचौं हेमजा हिले महोत्सव हुन लागेको छ ।जसको पूर्व तयारी स्वरुप महोत्सव स्थल सरसफाई गरिएको हो। वडा स्थित विभिन्न टोलविकास संस्था, आमा समूह, संघसंस्था लगायत स्थानीयको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल तथा विष्णुपादुका मन्दिर परिसर सरसफाइ गरिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न,… पुरा पढौ

हेमजामा हिले महोत्सवको तयारी

देवीस्थान सेवा समाजको आयोजनामा यहि १५ असारमा हेमजामा हिले महोत्सव तयारी थालिएको छ।समाजले यसपटक गर्न लागेको महोत्सव पाचौं हो। ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सव देवीस्थान टोल स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा हुनेछ ।त्यसका लागि समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरी महोत्सव तयारी तिब्र पारिएको छ। विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धनका तथा आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ… पुरा पढौ