स्वास्थ्य

बिटी क्लबको रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब -बिटी_ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ सय ४ पिन्ट रगत संकलन भएको छ ।              पोखरा महानगरपालिका–१, टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताउनुभयो । त्यहाँ क्लवका सदस्यहरु, पोखरा महानगरपालिका १ का स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का अध्यक्ष साहारा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन क्लव समच्छे आग्रह गर्नुभयो । उहाँले क्लबका… पुरा पढौ

अन्नपूर्णमा सुत्केरी भेट्न घरघरमा

अन्नपूर्ण गाउँपालिका स्थित नागडाँडा स्वास्थ्य चौकीले सेवाक्षेत्रका सुत्केरीलाई घरमै पुगी भेटघाट गर्न सुरु गरेको छ ।         स्वास्थ्य चौकीले आन्तरिक स्रोतबाट उक्त कार्यक्रम लागु गरेको हो ।जस अन्तर्गत सोमबार ढिकुरपोखरीकी सुत्केरी देवु भण्डारीको निवासमा पुगी आमा तथा बच्चाका लागि सरसफाईका सामग्री हस्तान्तरण गरिएको छ ।         गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, स्वास्थ्य चौकी प्रमुख लोकेन्द्रबहादुर भण्डारी, चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेवीका सम्मिलित टोलीले सुत्केरी परिवारसँग भेटघाट गरेको हो ।         त्यस क्रममा सुत्केरी अवस्थामा… पुरा पढौ

पोखरा१९ मा निःशुल्क दन्त शिविर

पोखरा महानगरपालिका वडा नं= १९, पुरुन्चौर स्थित भारती भवन माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सुरु भएको छ ।           नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा संचालित शिविर पाँच दिनसम्म चल्नेछ । जसमा वडा कार्यालय, भारती भवन विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहेको छ ।           शिविर शुभारम्भ गर्नु हुँदै वडाध्यक्ष पुस्पेन्द्र पाण्डेले शिविरबाट अधिकत्तम लाभ लिन विद्यार्थीलाई सुझाव दिर्दै आगामि दिनहरुमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेलम्बो महत्वपूर्ण सहयोगी… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।         जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार  आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चितता सहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो  ।       कार्यक्रममा गण्डकी प्रदेश सरकारका  सामाजिक  विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार… पुरा पढौ

पोखरा ४ मा निःशुल्क दन्त शिविर

नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा नं. ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ ।        शिविर शुभारम्भ गर्नुहुँदै वडाध्यक्ष देवकृष्ण पराजुलीले बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै शिविर संचालन गरिएको स्पष्ट पार्नुहुँदै नेलम्बोसँग सहकार्य गरी शिविर संचालन हुनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले वडावासीको स्वास्थ्यमा सरलीकृत गर्न वडा तयार रहेको स्पष्ट पार्नुहुँदै कोरोना कालदेखि नै नेलम्बोले स्वास्थ्य क्षेत्रमा सहजीकरण गर्दै आइरहेको स्मरण गर्नुभयो ।        नेलम्बोमा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले मुख स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर… पुरा पढौ

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता ः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् ।“रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उनले भने, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।”११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए । क्यान्सर,… पुरा पढौ

गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन वर्षका लागि अध्यक्षमा तिवारी सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।संघका बरिष्ठ उपाध्यक्ष दयानिधि पौेडेल, उपाध्यक्ष थोक तर्फ लक्ष्मी नारायण पराजुली, उपाध्यक्ष खुद्रा तर्फ धनु देबी पिया, महासचिव संजिव देवकोटा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्र कुमार अग्रवाल, सचिव संगम बाबु श्रेष्ठ र उप–कोषाध्यक्ष यज्ञ प्रसाद शर्मा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा थोक तर्फ मिलन श्रेष्ठ,दुर्गा… पुरा पढौ

शिवशक्तिको शिविरमा ४ सय जनाले आँखा परिक्षण गरे

पोखरा । नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा सम्पन्न निःशूल्क आँखा शिविरबाट झण्डै ४ सय जनाले आँखा परिक्षण गरेको छ । पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै… पुरा पढौ

फेवाको ‘थ्री टि एमआरआई’ सेवा शुरु

पोखरा । पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो । थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा मदन थापाले जानकारी दिए । उनले अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हो । शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि… पुरा पढौ

प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको… पुरा पढौ