गण्डकी सेरोफेरो

आलु महोत्सव भोलीदेखि

राष्ट्रिय हेमजा आलु महोत्सव भोलीदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म संचालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको… पुरा पढौ

धारापानी मन्टेश्वरीका विद्यार्थी दीक्षित

पोखरा–५, जनहित मार्ग स्थित धारापानी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको छ।मन्टेश्वरीको आज बुधबार आयोजित अभिभावक दिवस, पुरस्कार वितरण समारोहका बीच युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको हो।कार्यक्रममा भनाई राख्नुहुँदै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले अभिभावकले बाबुनानीका लागि प्रर्याप्त समय दिनुपर्ने उल्लेख गर्नुहुँदै स्वास्थकर खानेकुरालाई प्राथमिकतामा राख्न सुझाउनुभयो ।उहाँले बालबालिकालाई गिलो माटोको संज्ञा दिनुहुँदै उनीहरुलाई संस्कारयुक्त बनाउन घरदेखि समाज हुँदै विद्यालयसम्मको वातावरणले भूमिका खेल्ने स्पष्ट पार्नुभयो।कर्मचारी छनोट समितिका संयोजक सुरज पौडेलले शिशुको मस्तिष्क विकास गर्भावस्थाबाटै सुरु हुने उल्लेख गर्नुहुँदै त्यस अवस्थामा… पुरा पढौ

आलु महोत्सवको तयारी पूरा, मेयरले उद्घाटन गर्ने

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ ।उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल… पुरा पढौ

छोरेपाटन माविमा विज्ञान समूहका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ।विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको हो।कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीलेविद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे।विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद वस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।प्रधानाध्यापक डिल्लीराम शर्मा… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो ।आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ । मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो,… पुरा पढौ

१४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

विष्णुपादुका क्लब पोखरा–२५ हेमजाले शनिबार १४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी भेला सम्पन्न गरेको छ ।भेला मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो।सो भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक सदस्य एवं सम्बन्धित सरोकारवालाको उपस्थिति थियो। उक्त छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरुले हालसम्मको तयारीका सम्बन्धमा गरिएका कार्यसम्पादन प्रस्तुत गरेका थिए।भेलाले हालसम्म स्थानीय तवरबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया पाएको निष्कर्ष निकालेको छ। भेलाका बीच पूर्व अध्यक्ष रमेश कार्की… पुरा पढौ

छोरेपाटन मा.वि.का विद्यार्थीको शुभकामना सहित बिदाइ

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ ।विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच कक्षा १२ अन्तर्गत सोही समूहका विद्यार्थीको विदाइ गरिएको हो।कार्यक्रममा भनाई राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्नुहुँदै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गर्नुभयोे। उहाँले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्नुहुँदै छोरेपाटन नमूना शैक्षिक संस्था रहेको दावी गर्नुभयोे। विद्यार्थीलाई… पुरा पढौ

नयाँ भवनबाट विद्यालय सञ्चालन गर्दै शान्ति निकेतन

पोखरा ५ स्थित शान्ति निकेतन स्कुल नयाँ सुविधासम्पन्न भवनबाट सञ्चालनमा आउने भएको छ ।आगामि शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।संस्थापक एवं प्राचार्य डा.महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे ।‘प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै… पुरा पढौ

आलु महोत्सव २७ चैतदेखि

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी थालिएको छ ।विष्णुपादुका क्लवको आयोजनामा शनिबार भएको सरोकारवालाको भेलाले यहि चैत २७ देखि वैशाख ५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो।सदा झै यसपटक पनि ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाऊँः आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ । भेलाले क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सहसंयोजकमा मीना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भए।त्यस्तै विभिन्न उपसमिति… पुरा पढौ

लोकनृत्यमा छोरेपाटन माविकी प्रिनसेस प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा बिहीबार भएको खुला एकल लोकनृत्य प्रतियोगितामा छोरेपाटन माविकी प्रिनसेस थापा प्रथम भइन्।उक्त प्रतियोगितामा शिवशक्ति माविका अफिन पूर्जा द्वितीय, कास्की मोडनाइज्डकी स्मृति थापा मगर तृतीय एवम् वेलनोन एकेडेमीकी इसाली आले तथा कालिका माविकी नशिवी परियारले सान्त्वना स्थान हासिल गरे। प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना भएसँगै उनीहरुले नगद, प्रमाणपत्र सहित शिल्ड पुरस्कार प्राप्त गरे।प्रतियोगितामा मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी र डिल्लीराम बरालले निर्णयकको भूमिका निर्वाह… पुरा पढौ