गण्डकी सेरोफेरो

भरतपोखरीका जनतासँग प्रतिनिधिसभाका उम्मेदवार

भरतपोखरीका जनतासँग प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले साक्षात्कार गरेका छन् ।भरतपोखरी विकास मञ्चको आयोजनामा बुधबार उक्त कार्यक्रम गरिएको हो।जसमा कास्की क्षेत्र नं.२ बाट दलगत तथा स्वतन्त्र उम्मेद्वारी दिएका प्रतिनिधि सहभागि भए।स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकीको मैदानमा भएको उक्त कार्यक्रममा प्रत्येक उम्मेदवारका लागि १० मिनेट उपलब्ध गराइयो ।कार्यक्रममा उम्मेदवारहरु नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण), राष्ट्रिय स्वतन्त्र प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक भण्डारी, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, स्वतन्त्र विष्णुप्रसाद तिवारी लगायतले एजेन्डा प्रस्तुत गर्दै आप्mनो चिह्नमा मतदान गर्न… पुरा पढौ

गुरुकुल विद्या सदनको १९ औँ वार्षिकोत्सव

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको १९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले विद्यार्थीलाई भोलीका कर्णधारका रुपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशम्सनीय रहेको सुनाए।उनले प्रमाणमा आधारित सिकाइ र प्रयोगमा आधारित शिक्षण तथा सिकाइ जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।विद्यालय अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अभिभावकले विद्यालयप्रति देखाइएको विश्वास एवम् भरोसालाई… पुरा पढौ

भरतपोखरीमा जनतासंग उम्मेदवार साक्षात्कार कार्यक्रम

“बदलिंदै छ समाज, बदलिंदै छ हाम्रो सोच, सुन्दर, सभ्य र समृद्ध बन्दैछ भरतपोखरी भन्ने उदघोषका साथ स्थापना भएको पोखरा ३३ को सामाजिक संस्था भरतपोखरी विकास मन्चलेप्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जनतासंग उम्मेदवार साक्षात्कार कार्यक्रम गर्ने भएको छ।साक्षात्कार यही फागुन ६ गते बुधबार हुँदैछ । जसका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवारहरूलाई निमन्त्रणा गरिसकिएको छ । कार्यक्रम उम्मेदवारलाई मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गर्ने फोरम बन्ने विश्वास गरिएको छ ।हामी यस क्षेत्रका उम्मेदवारहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्ना चुनावी प्रतिबद्धता सहितका… पुरा पढौ

वाल कैलाशेश्वर गुफामा महाशिवरात्रीको रोनक

पोखरा १८ सौरेखोला स्थित वाल कैलाशेश्वर महादेव गुफामा महाशिवरात्री पर्व मनाइएको छ । जसअन्तर्गत रुदीपूजा एवम् सामुहिक ब्रतबन्ध भएकोमा पण्डित रामकृष्ण खनालले सहजीकरण गर्नुभयो । त्यस्तै बालकृष्ण अधिकारी, प्रेमराज अधिकारी र नेत्रप्रसाद अधिकारी कर्ताको भूमिका रहनुभयो ।पूजामा सहभागि हुन स्थानीय सौरेखोला, आदर्शवस्ती, लब्लीडाँडा, महेन्द्रपुल, चिप्लेढुङगा, सराङकोट, धारापानी, मासबार, मालेपाटन लगायतका स्थानबाट भक्तजन त्यहाँ पुग्नुभयो । शिवरात्री अन्तर्गत आज रातभरजसो त्यहाँ भजन कृर्तन हुनेछ । त्यस्तै अखण्ड दीप प्रज्वलनमा रानीस्वाँराकी शान्ता अधिकारी, निलमाया अधिकारी, सजिना अधिकारी, सौरेखोलाकी उषा पोख्रेल, विनिसा सुवेदी… पुरा पढौ

पोखराको फोहोर व्यवस्थापनमा सघाउने सर्वपक्षीय प्रतिबद्धता

राजनीतिक दल लगायतका सरोकारवालाले हाल पोखरामा देखिएको फोहोरमैला व्यवस्थापन समस्या सम्बन्धमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।पोखरा महानगरको आयोजनामा बुधबार भएको सर्वदलिय, सर्वपक्षिय बैठकका सहभागिले उक्त प्रतिबद्धता जनाएका हुन्।उनीहरुले पर्यटकीय नगरी पोखराको साख विश्वबजारमा रहेको उल्लेख गर्दै पोखरालाई सफा राख्नुको विकल्प नभएको उल्लेख गरे।जिल्ला समन्वय समिति प्रमुख लिलाधर अधिकारीले पोख्रेलीको मर्यादा अन्तराष्र्टि«य स्तरसम्म फैलिएको जनाउँदै त्यसमा पछिल्लोपटक फोहोर व्यवस्थापनले चुनौति थपेको धारणा राखे ।हाम्रो काम समन्वय एवम् अनुगमन गर्ने हो, त्यसमा लागि समिति सधै तयार छ, प्रमुख अधिकारीले भने गर्मी बढ्दै… पुरा पढौ

नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ ।यसैबिच शुक्रबार कास्की क्षेत्र नं. ३ को पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको मिलनचोक र सुइखेतमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आईबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको बृहत्तर विकास र जनताका… पुरा पढौ

घरदैलोमा व्यस्त छन् उम्मेदवार गोपाल

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट कास्की ३ का उम्मेदवार गोपाल गिरी यतिवेला घरदैलोमा व्यस्त छन्।उनले शनिबार मात्रै लाहाचोक, घाचोक, हेमजा, मालेपाटनका विभिन्न टोलमा पुगी घरदैलो गरेका छन्।लाहाचोक स्थित गाउँपालिका कार्यालय आसपासको क्षेत्र, घाचोकको उत्पीडित तथा लम्साल थर, हेमजाको क्रान्ति टोल तथा मालेपाटनका विभिन्न क्षेत्रमा पुगी उनले जनतालाई ढाडस दिन खोजे।त्यस क्रममा उनले आफू हिजो पनि जनप्रतिनिधि भएको बताउँदै जनताका समस्या प्रति संवेदनशील रहेको सुनाए।हुदाँ खाने जनतालाई अप्ठ्यारो पारेका तथा कतिपय झन्झटिला कानुन संशोधनमा पनि मेरो भूमिका रहन्छ, उनले… पुरा पढौ

निर्वाचनमा बालबालिकाको प्रयोग रोकौँ

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न, नगराउन ध्यानाकर्षण गराइएको छ । बालअधिकारको क्षेत्रमा कास्कीमा क्रियाशिल विभिन्न संघसंस्था तथा संजालले दलका प्रतिनिधिलाई भेटी उक्त ध्यानाकर्षण गराएका हुन्।उनीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी, राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पाटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दलका घोषणापत्रमा बालबालिकाका सवाललाई भने प्राथमिकतामा राख्न सुझाव दिए।ध्यानाकर्षण पत्रमा बालअधिकारका लागि नागरिक समाज (बालअधिकार मञ्च), बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, गैसस महासंघ कास्की, कन्सोर्टियम नेपाल, राष्ट्रिय बाल संरक्षण संजाल, शिक्षाको लागि राष्ट्रिय अभियान, शान्तिका लागि नागरिक समाजको… पुरा पढौ

क्रिकेटमा छोरेपाटन मा.वि सेमीफाइनल प्रवेश

छोरेपाटन माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ ।लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटनले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह सी बाट सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो।योसँगै छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो ।यसअघि समूह डी बाट बालमन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ।बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो।टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १६.४ ओभरमा सबै विकेट गुमाएर ८३ रनको मध्यम… पुरा पढौ

प्रतिभा सुपरलिग क्रिकेटमा छोरेपाटन र मदरल्याण्ड बिजयी

प्रतिभा सुपरलिग क्रिकेट प्रतियोगितामा छोरेपाटन मा.वि र मदरल्याण्ड सेकेण्डरीले बिजयी सुरुवात गरेका छन्।प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको सोमबारको पहिलो खेलमा छोरेपाटन माविले कुमुदिनी होम्सलाई र दोस्रो खेल मदरल्याण्ड सेकेण्डरीले जनप्रिय माविलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् ।प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले… पुरा पढौ