कास्की

छोरेपाटन मा.वि.का विद्यार्थीको शुभकामना सहित बिदाइ

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ ।विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच कक्षा १२ अन्तर्गत सोही समूहका विद्यार्थीको विदाइ गरिएको हो।कार्यक्रममा भनाई राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्नुहुँदै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गर्नुभयोे। उहाँले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्नुहुँदै छोरेपाटन नमूना शैक्षिक संस्था रहेको दावी गर्नुभयोे। विद्यार्थीलाई… पुरा पढौ

नयाँ भवनबाट विद्यालय सञ्चालन गर्दै शान्ति निकेतन

पोखरा ५ स्थित शान्ति निकेतन स्कुल नयाँ सुविधासम्पन्न भवनबाट सञ्चालनमा आउने भएको छ ।आगामि शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।संस्थापक एवं प्राचार्य डा.महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे ।‘प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै… पुरा पढौ

आलु महोत्सव २७ चैतदेखि

१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी थालिएको छ ।विष्णुपादुका क्लवको आयोजनामा शनिबार भएको सरोकारवालाको भेलाले यहि चैत २७ देखि वैशाख ५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो।सदा झै यसपटक पनि ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाऊँः आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ । भेलाले क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सहसंयोजकमा मीना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भए।त्यस्तै विभिन्न उपसमिति… पुरा पढौ

लोकनृत्यमा छोरेपाटन माविकी प्रिनसेस प्रथम

नेपाल रेडक्रस सोसाइटी कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा बिहीबार भएको खुला एकल लोकनृत्य प्रतियोगितामा छोरेपाटन माविकी प्रिनसेस थापा प्रथम भइन्।उक्त प्रतियोगितामा शिवशक्ति माविका अफिन पूर्जा द्वितीय, कास्की मोडनाइज्डकी स्मृति थापा मगर तृतीय एवम् वेलनोन एकेडेमीकी इसाली आले तथा कालिका माविकी नशिवी परियारले सान्त्वना स्थान हासिल गरे। प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना भएसँगै उनीहरुले नगद, प्रमाणपत्र सहित शिल्ड पुरस्कार प्राप्त गरे।प्रतियोगितामा मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी र डिल्लीराम बरालले निर्णयकको भूमिका निर्वाह… पुरा पढौ

भरतपोखरीका जनतासँग प्रतिनिधिसभाका उम्मेदवार

भरतपोखरीका जनतासँग प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले साक्षात्कार गरेका छन् ।भरतपोखरी विकास मञ्चको आयोजनामा बुधबार उक्त कार्यक्रम गरिएको हो।जसमा कास्की क्षेत्र नं.२ बाट दलगत तथा स्वतन्त्र उम्मेद्वारी दिएका प्रतिनिधि सहभागि भए।स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकीको मैदानमा भएको उक्त कार्यक्रममा प्रत्येक उम्मेदवारका लागि १० मिनेट उपलब्ध गराइयो ।कार्यक्रममा उम्मेदवारहरु नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण), राष्ट्रिय स्वतन्त्र प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक भण्डारी, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, स्वतन्त्र विष्णुप्रसाद तिवारी लगायतले एजेन्डा प्रस्तुत गर्दै आप्mनो चिह्नमा मतदान गर्न… पुरा पढौ

गुरुकुल विद्या सदनको १९ औँ वार्षिकोत्सव

पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको १९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले विद्यार्थीलाई भोलीका कर्णधारका रुपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशम्सनीय रहेको सुनाए।उनले प्रमाणमा आधारित सिकाइ र प्रयोगमा आधारित शिक्षण तथा सिकाइ जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।विद्यालय अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अभिभावकले विद्यालयप्रति देखाइएको विश्वास एवम् भरोसालाई… पुरा पढौ

भरतपोखरीमा जनतासंग उम्मेदवार साक्षात्कार कार्यक्रम

“बदलिंदै छ समाज, बदलिंदै छ हाम्रो सोच, सुन्दर, सभ्य र समृद्ध बन्दैछ भरतपोखरी भन्ने उदघोषका साथ स्थापना भएको पोखरा ३३ को सामाजिक संस्था भरतपोखरी विकास मन्चलेप्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जनतासंग उम्मेदवार साक्षात्कार कार्यक्रम गर्ने भएको छ।साक्षात्कार यही फागुन ६ गते बुधबार हुँदैछ । जसका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवारहरूलाई निमन्त्रणा गरिसकिएको छ । कार्यक्रम उम्मेदवारलाई मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गर्ने फोरम बन्ने विश्वास गरिएको छ ।हामी यस क्षेत्रका उम्मेदवारहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्ना चुनावी प्रतिबद्धता सहितका… पुरा पढौ

वाल कैलाशेश्वर गुफामा महाशिवरात्रीको रोनक

पोखरा १८ सौरेखोला स्थित वाल कैलाशेश्वर महादेव गुफामा महाशिवरात्री पर्व मनाइएको छ । जसअन्तर्गत रुदीपूजा एवम् सामुहिक ब्रतबन्ध भएकोमा पण्डित रामकृष्ण खनालले सहजीकरण गर्नुभयो । त्यस्तै बालकृष्ण अधिकारी, प्रेमराज अधिकारी र नेत्रप्रसाद अधिकारी कर्ताको भूमिका रहनुभयो ।पूजामा सहभागि हुन स्थानीय सौरेखोला, आदर्शवस्ती, लब्लीडाँडा, महेन्द्रपुल, चिप्लेढुङगा, सराङकोट, धारापानी, मासबार, मालेपाटन लगायतका स्थानबाट भक्तजन त्यहाँ पुग्नुभयो । शिवरात्री अन्तर्गत आज रातभरजसो त्यहाँ भजन कृर्तन हुनेछ । त्यस्तै अखण्ड दीप प्रज्वलनमा रानीस्वाँराकी शान्ता अधिकारी, निलमाया अधिकारी, सजिना अधिकारी, सौरेखोलाकी उषा पोख्रेल, विनिसा सुवेदी… पुरा पढौ

पोखराको फोहोर व्यवस्थापनमा सघाउने सर्वपक्षीय प्रतिबद्धता

राजनीतिक दल लगायतका सरोकारवालाले हाल पोखरामा देखिएको फोहोरमैला व्यवस्थापन समस्या सम्बन्धमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।पोखरा महानगरको आयोजनामा बुधबार भएको सर्वदलिय, सर्वपक्षिय बैठकका सहभागिले उक्त प्रतिबद्धता जनाएका हुन्।उनीहरुले पर्यटकीय नगरी पोखराको साख विश्वबजारमा रहेको उल्लेख गर्दै पोखरालाई सफा राख्नुको विकल्प नभएको उल्लेख गरे।जिल्ला समन्वय समिति प्रमुख लिलाधर अधिकारीले पोख्रेलीको मर्यादा अन्तराष्र्टि«य स्तरसम्म फैलिएको जनाउँदै त्यसमा पछिल्लोपटक फोहोर व्यवस्थापनले चुनौति थपेको धारणा राखे ।हाम्रो काम समन्वय एवम् अनुगमन गर्ने हो, त्यसमा लागि समिति सधै तयार छ, प्रमुख अधिकारीले भने गर्मी बढ्दै… पुरा पढौ

नेपाली काँग्रेसको हेमजामा दुई सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ ।यसैबिच शुक्रबार कास्की क्षेत्र नं. ३ को पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको मिलनचोक र सुइखेतमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आईबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको बृहत्तर विकास र जनताका… पुरा पढौ