Author Archive

७ औं पर्वतीय महोत्सव सकिएकाे छ ।

पोखराःअन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो ।दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए ।महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन… पुरा पढौ

साताैँ अन्तर्राष्ट्रिय पर्वतीय महाेत्सव आजबाट सुरू

पोखरा ःपर्वतीय दिवसको अवसरमा अन्तरास्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ ।‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।

सातौं पर्वतीय महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार गरिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालयले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका… पुरा पढौ

गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ नेकपा समाजवादीमा प्रवेश

आम निर्वाचन २०७९ मा स्वतन्त्रबाट उम्मेदवार भइ मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजिव गुरूङ नेकपा समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री गुरुङलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् । उनी सामाजवादीमा प्रवेश गरे संगै गण्डकी प्रदेशमा रिक्त समाजवादीको प्रदेश सभामा प्रवेश हुने भएको छ । पुरा पढौ

निर्वाचनकाे तयारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहिवार जिल्ला समन्वय समिति कास्की परिसरमा विभिन्न मतदान केन्द्रमा पठाउन तयारी गर्दै निर्वाचन सामाग्रीहरू । पुरा पढौ

पाेखरेली जनताले जिताउनुहुन्छ : उम्मेदवार बराल

पोखरा, ३० कात्तिकनेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् ।जनताको घरदैलोमा जाँदा आफ्नो प्रतिक्षा गरेको महशुस भएको भन्दै उनले जनतासंग अहिलेसम्म जोडिएको र निर्वाचित भएपछि पनि निरन्तर जोडिइरहने बताए ।बुधबार साँझ घरदैलो पछि उनले भने, सधै जनताको साथमा छु । उहाँहरुको सुखदुखमासंगै छु र सकेसम्म सहभागी भएको छु । यत्तिको पात्र जनताको बीचमा आए एक… पुरा पढौ

मुख्य सडक जाेड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

कात्तिक ३०, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र… पुरा पढौ

विपक्षीको कुप्रचारबाट कोही पनि भ्रमित नहुनुहोला उमेदवार बराल।

गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादीबाट कास्की–३ गठबन्धनका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ ले लिएको ऋण चुक्ता गरी कालोसूचीबाट हटिसकेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् ५० लाख रूपैयाँ लिएर उनी संलग्न गण्डकी सञ्चार सहकारी संस्थाले अहिलेसम्म नबुझाएको र बरालको नामसमेत कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको मागसहित कास्कीकोटका बोधराज रेग्मीले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीबारे मिडियामा समाचार आएपछि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले आयोगलाई पत्राचार गरेको छ । पत्रमा मन्त्री बराल कर्जाको दायित्वबाट मुक्त… पुरा पढौ

मुटु अस्पताल निर्माणमा पहल गर्छु :थापा

कात्तिक २९, पोखरा ।गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए ।घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका… पुरा पढौ

अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको– बराल

पोखरा, २९ कात्तिक आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए । उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले… पुरा पढौ