पोखरा, १७ कात्तिकनेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’ पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै…
पुरा पढौ