प्रमुख समाचार

साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

९ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गर्नुभएको हो। सोक्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभएको छ।भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित… पुरा पढौ

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौं, फागुन ८ गते । नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो, “आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । बैठकमा एउटा मात्रै एजेण्डा थियो, त्यो भनेको आगामी राष्ट्रपति चुनावका सन्दर्भमा के गर्ने भन्ने थियो । त्यो विषयमा अध्यक्ष कमरेड प्रचण्डले समग्र परिस्थितिको… पुरा पढौ

स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभन्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको… पुरा पढौ

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । सत्तारुढ एमाले भने पुस १० को सहमति अनुसार एमालेको राष्ट्रपति हुनुपर्ने अडानमा छ । यसैबीच राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे माओवादीको बैठक बसेको हो । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि… पुरा पढौ

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ूमुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति… पुरा पढौ

घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी

प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा शनिबार (फागुन ६ गते) विचार गोष्ठी सम्पन्न भएको छ। गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना चिलुवालले घनश्याम ढकालको संस्कृति-चिन्तन, सौन्दर्य चिन्तन, आख्यान लेखन र जीवनी-व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। समालोचक चापागाईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्ताहरूमा व्यक्त उहाँको संस्कृति-चिन्तनको सान्दर्भिकताबारे चर्चा गर्नुभयो। डा. गिरीले मार्क्सवादी सौन्दर्य… पुरा पढौ

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए ।नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो ।… पुरा पढौ

रामचन्द्र राईले त्रिभुवन पौडेल स्मृति अक्षयकोषलाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

पोखरा ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् । पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको पुण्य तिथि एवं आफ्नो जन्म दिनको अवसर पारेर राईले उक्त… पुरा पढौ

अनावश्यक खर्च घटाउन गण्डकीका मुख्यमन्त्रीकाे निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम तथा… पुरा पढौ

मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम

पोखरा, १२ माघ ।पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था=संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् । कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय… पुरा पढौ