प्रमुख समाचार

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति

फागुन १५   काठमाडौं ।सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसकोआदेश सदर गरेको हो । नाबालिग बलात्कारको मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत… पुरा पढौ

राष्ट्रपतिमा पूर्व सभामुखको प्रतिस्पर्धा

काठमाडौं, फागुन १३ गते। राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।  नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)सहित आठ दलको साथ छ। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाममा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको एमालेले जनाएको छ। राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै नेताले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो। पौडेलको उम्मेदवारी… पुरा पढौ

संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल

काठमाडौं, फागुन १३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो । गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसनिम्ति आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल… पुरा पढौ

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति

काठमाडौं, फागुन १२ गते। सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो।  ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले पत्रकारसँग भन्नुभयो।  नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । उहाँले भन्नुभयो, ‘‘यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग… पुरा पढौ

चन्द्र भण्डारीलाई शुक्रबारबाट ठोस खाना खुवाइने

काठमाडौं, फागुन ११ गते । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ ।  कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।   कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो ।   भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ ।  नेता भण्डारीको… पुरा पढौ

व्यवस्थित रूपमा संसद् चलाउनेछु

स्याङ्जा, फागुन ९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।  हिजो कसले के गर्‍यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो ।  बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा बिदेसिनबाट रोक्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा… पुरा पढौ

आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी

काठमाडौं, फागुन ९ गते । कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।   नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा… पुरा पढौ

नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य

९ फागुन २०७९, मङ्गलबार काठमाडौं, फागुन ९ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले… पुरा पढौ

चौथो अध्यक्ष कप शुरु

पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको… पुरा पढौ

प्रधानमन्त्रीसँग महावीर पुनको भेट

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ।आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो।“वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” उहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो। “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो… पुरा पढौ