कृषि

हेमजामा मौरीपालन तालिम, विषादी न्यूनीकरणमा मौरीपालनको भूमिका महत्वपूर्ण

पोखरा–२५, हेमजामा मौरीपालन तालिम दिइएको छ । जनहितैषी फाउण्डेशनको जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ दिने तालिम दिइएको हो ।        जसमा हालै वडाबाट ५० प्रतिशत अनुदानमा मौरीघार प्राप्त गरेका कृषक सहभागि भए । उनीहरुलाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यले वडा कार्यालयको सहकार्यमा फाउन्डेशनले तालिम आयोजना गरेको हो।        कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विषादी न्यूनीकरणमा मौरीपालनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने पनि बताए ।उनले यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए। संस्था… पुरा पढौ

हेमजाका किसानलाई अनुदानमा मौरीघार

पोखरा २५ वडा कार्यालयको ५० प्रतिशत अनुदान सहयोगमा हेमजाका ५५ घरपरिवार किसानलाई शुक्रबार गोला सहितका मौरीघार वितरण गरिएको छ।        वडाको ५ हजार तथा सम्बन्धीत किसानको ५ हजार गरी कुल १० हजारको लागतमा स्टयान्ड सहितका मौरीघार वितरण गरिएको हो ।आ.व ०८०÷८१ को कृषितर्फको स्वीकृत बजेटबाट वडाले घार वितरण गरेको हो। घार वितरण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिमिल्सीनाले मौरी विषादी न्यूनीकरणको आधार बन्न सक्ने विश्वास व्यक्त गर्दै अर्गानिक खेती प्रणालीमा जोड दिए ।उनले महको फाइदा माथि प्रकाश… पुरा पढौ

गण्डकीमा जलचर ऐन बनाउनुपर्ने

गण्डकी प्रदेशमा जलचर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।         मत्स्य अनुसन्धान केन्द्र वेगनासको आयोजनामा मंगलवार भएको पोखराका तालहरुको मत्स्य व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन्।         संघीय तथा अन्य विभिन्न प्रदेशले जलचर ऐन निर्माण गरिसकेको सन्दर्भ अगाडि सार्दै उनीहरुले गण्डकीको जलसम्पदा सुहाउँदो ऐन बनाउनुपर्ने बताए।         गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईले मन्त्रालय छिट्टै जलचर ऐन ल्याउने तयारीमा रहेको जानकारी दिर्दै चाँडै नै ऐन प्रदेशसभाबाट पारित भई कार्यान्वयनमा जाने… पुरा पढौ

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय… पुरा पढौ

हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन । बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।   महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ ।  उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो । भलिवल तर्फ… पुरा पढौ

हिले महोत्सवमा रमाए हेमजाली

पोखरा । शनिबार सम्पन्न भएको हेम्जा हिले महोत्सबमा हेमजावासीको बक्लो उपस्थिति रहेको थियो । उक्त महोत्सवमा सबै उमेर समुहका व्याक्तिहरु रमाईलो गरिरहेको देखिन्थ्यो । देवीस्थान सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा कृषि झाँकी सहितको शोभायात्रा मिलनचोक हुदै कार्यक्रम स्थल पुगेको थियो । उक्त महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता रहेको… पुरा पढौ

बन्दिपुरमा रोपाईको चटारो

शम्भु श्रेष्ठ, तनहुँ । बन्दिपुर १ हरियाली कृषक समूह नाहालाको आयोजनामा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । वि.स २०७६ मा प्रदेश सरकारको आयोजना र तत्कालीन वडा अध्यक्ष भानु भक्त पोखरेलको विषेश सहयोगमा बन्दिपुरमा १६० रोपनी जमिन चक्लाबन्दी भएको थियो । चक्लाबन्दी भए सँगै प्रत्येक वर्ष उक्त जमिनमा धान उत्पादन हुदै आएको छ । चैते धान प्रवर्धन कार्यक्रमको लागि पालिकाको उपस्थितिमा ज्ञान केन्दले गत वर्ष चैतमा कृषकहरुलाई चैते धान लगाएत विभिन्न कृषि औजार वितरण गरेको थियो । सो अनुसार… पुरा पढौ

पोखरामा सारथीले ‘कोशेली घर’ सञ्चालनमा ल्याउने

पोखरा । सारथी केन्द्रले पोखरामा 'कोशेली घर' सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिनुभएको छ । कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यलय नदिपुरमा विहान ११ बजेदेखि दिंउसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिने छ । साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा… पुरा पढौ

पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने

पोखरा । पोखरा पर्यटन परिषदको आयोजनामा हिले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो । परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव संयोजक तारानाथ पहरीले जानकारी दिएको हो । उक्त हिले प्रतियोगितामा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छ । रस्सा कसी… पुरा पढौ

दुध उत्पादनमा महिला सहकारीले १ करोड लगानी गर्दे

पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटे चौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी… पुरा पढौ