प्रमुख समाचार

कास्कीका पत्रकार फिल्डमै फोटोग्राफी सिक्दै

पत्रकारितामा फोटोको उचित र प्रभावकारी प्रयोग बढाउन र पत्रकारलाई यसबारे अत्यावश्यक सीप सिकाउन मंगलबारबाट तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीले कास्कीका पत्रकारका लागि सैद्धान्तिक ज्ञानसहित फिल्डमै लगेर फोटोग्राफी सिकाएको हो । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले तालिम सुरुआत गरे । उनले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताए । ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले फोटोको माध्यम समाजका घटनाक्रमलाई छर्लङ्ग बुझ्न सकिने उल्लेख गरे । मन्त्री थापाले पत्रकारको हकहित र… पुरा पढौ

विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

पोखरा,४असार। जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी पुरा पढौ

गण्डकी प्रदेश बजेटः कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्

पोखरा, २ असार/ गण्डकी प्रदेश सरकारले बाटो र पुललाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले २ सय किलोमिटर सडक निर्माण, १० वटा मोटरेवल पुल, १५ वटा झोलुंगे पुलका लागि १० अर्व १५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्व ९० करोडको बजेट सार्वजनिक गर्दा सबै भन्दा धेरै सडक र पुलमा बजेट ल्याएका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोडदिदै बजेट ल्याएको बताए । उनले गण्डकी प्रदेशमा… पुरा पढौ

‘यौन हिंसामा हदम्याद नराखौं’

यौनजन्य हिंसा तथा जबर्जस्ती करणीसम्बन्धी अपराधमा हद म्यादको विद्यमान व्यवस्थाबारे पोखरामा छलफल भएको छ । प्रेरणा नेपालले आयोजना कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनका कारण यसलाई सम्बोधन गर्न नसकिएको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रमका वक्ताहरुले हदम्यादका कारण धेरै महिला अन्यायमा परेको उल्लेख गर्दै त्यसलाई हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् । उनले वर्तमान समाजलाई अध्ययन गरी विभिन्न विज्ञ र… पुरा पढौ

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए । उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो । गण्डकी प्रदेश… पुरा पढौ

सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी सम्मानित

सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टिम शनिबार प्रजातन्त्र दिवसको अवसरमा जिल्ला सुरक्षा समितिबाट सम्मानित भएपछि । उनीहरुले फागुन ४ गते सेतोखोचको २०० मिटर तल फसेका भीमबहादुर तामाङलाई सकुशल उद्धार गरी बचाएका थिए । तस्बिर: राधिका कँडेल द पुरा पढौ

स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए ।… पुरा पढौ

फेवाताल जोगाउन संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना

ङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते सङ्घीय सरकारलाई निर्देशनात्मक आदेश दिएकामा विसं २०७५ वैशाख १६ गते सरकारका नाममा पुनः अर्काे आदेश जारी गरेको थियो… पुरा पढौ