प्रमुख समाचार

साताैँ अन्तर्राष्ट्रिय पर्वतीय महाेत्सव आजबाट सुरू

पोखरा ःपर्वतीय दिवसको अवसरमा अन्तरास्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ ।‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष… पुरा पढौ

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। सरकारका प्रवक्तासमेत खड्का कास्की २ (२)मा चुनाव लडी मुख्यमन्त्री बन्न चाहन्थे । गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उनीमाथि आरोप छ । सो क्षेत्रमा अहिले कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । थापालाई खड्काले असहयोग गरेको बताइन्छ । पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने बताएकाे छ। आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले आफ्नाे प्रेस विज्ञप्ति मार्फत बताएको हाे । यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ । पुरा पढौ

प्रचण्ड पुगे हिमालपारिको गाउँमा

गोरखा, कार्तिक २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतबार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोला पुगेका छन्। गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गरे। गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले अहिले संविधान… पुरा पढौ

२२ औं संस्करणको आहा! रारा गोल्डकप पुष १२ गते देखि २३ सम्म ।

आहा ! रारा गाेल्डकप फुटबल प्रतियाेगिताकाे २२ ओैँ संस्करण आगामी पुसमा हुनेभएको छ । आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कप सहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ । यस अघि क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका… पुरा पढौ

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्छन् । उनी जनताको परिवर्तनको चाहना नै… पुरा पढौ

सक्ने वाचा गर्छाै, जितेपछि पूरा गर्छाैंः विश्वप्रकाश

पोखरा, १७ कात्तिकनेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’ पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै… पुरा पढौ

चितवन ३ मा गठबन्धन चुनावी तीव्र, नारायणी तटबन्ध आयोजना द्रुत गतिमा अगाडी बढ्छ : डा. भोजराज

चितवन : आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनसँगै जनता भेटघाटमा उमेदवारहरू केन्द्रीत भएका छन् ।यसै सन्दर्भमा प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारी र प्रदेश ३ (क) का उमेदवार डा. सुर्यकान्त घिमिरे मेघौंलीका जनताको घरदैलोमा पुगेका हुन् ।त्यस अवधिमा भरतपुर २७ र २८ का जनसमुदायले यहाँको समस्याका बारेमा उमेदवारलाई जनाएका थिए ।भरतपुर २८ का थारू समुदायसँगको कुराकानीमा नारायणी र राप्ती नदीको प्रभाव, जंगली जनावरको आतंक नियन्त्रण, जितपुर स्वास्थ केन्द्र र आयूर्वेद स्वास्थ… पुरा पढौ

जनताको मतको कदर गर्नेछु : विन्दु कुमार थापा

कात्तिक १३, पोखरा ।कास्की क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले जनताको मतको कदर गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे । ‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिनेछैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा छ यसपाली पनि यहाँहरुको माया पाउनेछु । गएको ५ वर्ष… पुरा पढौ

नेकपा एस कास्की सचिव एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । एमाले कास्की २ ले शनिबारआयोजना गरेको कार्यक्रममा नेपाली औपचारिक रुपमा एमाले फर्किएका हुन् । एमाले केन्द्रीय सदस्य एव कास्की इन्चार्ज कृष्ण थापाले उनलाई स्वागत गरे । एमालेमा नेपाली जिल्ला कमिटी सदस्य थिए । नेपालीले अब देशका एकीकृत समाजवादी पार्टी नै रहन नसक्ने टिप्पणी गरे । पुरा पढौ