कास्की

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए । उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए… पुरा पढौ

रेडक्रसको २४ औं संरक्षक गोष्ठी

कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहको २४ औं गोष्ठि शुक्रवार भएको छ । कास्की जिल्लाका ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठिको शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदि र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइका प्रमुख नारायणप्रसाद सुवेदिले बिद्यमान समाजमा मानवता हराउदै गएकाले बिद्यालय तहमै कक्षा शिक्षणका साथैे रेडक्रसका सिद्धान्तहरुको अध्ययन तथा अभ्यास गराउन सके बिद्यार्थीहरुमा सामाजिक भावनाको विकासहुने भन्दै सम्पुर्ण बिद्यालमा जुनियर तथा… पुरा पढौ

विजयको योगदानको सम्झना

पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ । उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए । विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि… पुरा पढौ

मुख्यमन्त्रीको चाहाना : त्रिवेणी – कोरोला कनेक्सन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए छन् । जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न… पुरा पढौ

पोखराका पाँच होटललाई चार तारे स्टार

सागरराज तिमिल्सिनापोखरा, ५ कात्तिक/ कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित पर्यटन क्षेत्र हो । कोभिडका कारण कति व्यवसायी विस्थापित भएका छन् भने केही व्यवसायीले यही मौकामा होटललाई अझ स्तरीय बताएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार पोखराका पाँच वटा होटलले चार तारे होटल बनेका छन् । पोखराको होटल माउण्ट कैलाश रिर्सोट, होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र स्विस इन्टरनेसनल होटल सरोवर पोखराले चार तारे होटल हुन् । स्विस इन्टरनेसनल बाहेक अरु चार… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ

अवसरवादको खेती गर्ने कम्युनिस्ट हुन सक्दैनन् ः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरू सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आप्mनो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने जनाए । उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने उल्लेख गरे । जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास… पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ