कास्की

यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता :

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ । १०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा… पुरा पढौ

यू–१५ विद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता:

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गते सम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा शुरु भएको हो ।व्याडमिन्टनमा छात्र/छात्रा… पुरा पढौ

विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा शुरु

पोखरा । विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आज बाट  शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ‘ भन्ने मुल उद्धेश्यका साथ  पोखरा रंगशालामा आज बाट शुरु भएको यू–१५ राष्ट्रिय प्रतियोगिताको औपचारिक उद्धघाटन भोलि हुने भए पनि ब्याटमिन्टन खेल आज बाट शुरु भएको मंगलबार प्रदेश खेलकुद परिषद गण्डकीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा आज बाट अनौपचारिक शुरु भएको खेलकुद प्रतियोगितामा ६ खेल समावेश… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव जारी

२ कार्तिक, पोखरा। बडादसैं अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु भएको महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ र दिउँसो नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन भइरहेको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।हरेक बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म कार्तिक २ र ३ गते दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, भाद्र ४ र ५ गते कृष्णानुरागी आचार्य पशुपति… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महाेत्सव हुनेभएको छ

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने

दसैं , तिहार र छठजस्ता ठुला चाडपर्वहरू नजिकिदै गर्दा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दसैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको छ ।आएको र चाडपर्वको अवसरमा आफ्ना आफन्तहरुकोमा आवत जावत गर्ने संस्कृति एवं परम्परा अनुसार आफ्नो गन्तव्यमा जानका लागि अग्रिम टिकटको बारेमा जानकारी लिने क्रम बढ्दो भएको अनुभूति गरेका छौं भनेर प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको… पुरा पढौ

बंगलादेशको जहाँगिरनगर विश्वविद्यालयमा फोटो ​​पत्रकारितासम्बन्धी अन्तरक्रिया

नेपालका अग्रज फोटो पत्रकार, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले बंगलादेशमा पुगेर फोटो पत्रकारिताकाका विविध आयाम र चुनौतीका बारेमा आफ्ना अनुभव सुनाउनुभएको छ । बंगलादेशस्थित जहाँगिरनगर विश्वविद्यालयको ​​पत्रकारिता तथा सञ्चार अध्ययन विभागद्धारा ढाकामा आयोजित फोटो पत्रकारिताका सम्बन्धमा विशेष अन्तक्रिया कार्यक्रममा उहाँले विश्व र नेपालको फोटो पत्रकारिताको अबस्था, कोभिड १९ तथा यस्ता महामारीका विषयमा फत्रकारले भोग्नुपरेका चुनौती र फोटो पत्रकारको भूमिकाका विषयमा जानकारी दिनुभएको थियो । विश्वविद्यालयको पत्रकारिता तथा मिडिया अध्ययन विभागको कक्षमा आज आइतबार आयोजना गरिएको… पुरा पढौ

मन्त्री खापुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निरिक्षणमा

पोखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ विहिबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थलगत निरिक्षण गर्नुहुँदै । पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै राष्ट्रिय सम्पदाको  ज्ञापनपत्र

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ । नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखाउन आग्रह गरेको छ । सम्पदाका अध्यक्ष… पुरा पढौ

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

पोखरा ।पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका प्रशासकीय अधिकृत… पुरा पढौ