Author Archive

फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक

बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर! खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन… पुरा पढौ

राष्ट्रिय सम्पदाको शुभकामना आदानप्रदान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’ समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी अष्ठमान प्रधानांगले प्रकाश पारे । सम्पदाका अध्यक्ष सुनिल पाण्डेले देश… पुरा पढौ

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार पुरा पढौ

पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम आज बाट सुरु

असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ । पाेखरा-६ लेकसाइडस्थित वरपिपल रिसाेर्टमा दुई दिने तालिम आयाेजना गरिएकाे नेपाल खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । नवाै राष्ट्रिय खेलकुद ३९ वर्षपछि पाेखरामा संचालित हुँदै छ । तालिममा प्रदेशभरका पत्रकारकाे सहभागिता रहेकाे छ । पुरा पढौ

गण्डकी प्रदेशमा अध्यादेशबाटै विधेयक

संघियता कार्यान्वयनसँगै स्थापित भएको प्रदेश सरकारको कार्यकाल सकिन अव आधा महिना बाँकी छ । बुधबार राती १२ बजेबाट लागू हुने गरि बर्खे अधिवेशनको अन्त्य गरिएको थियो । यो सँगै गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सम्पन्न भएको छ ।विचाराधीन अवस्थामा रहेका तीन वटा विधेयकलाई वेवास्ता गर्दै हतारहतारमा अधिवेशन अन्त्य गरेको सरकारले अध्यादेशबाट नयाँ दुई विधेयक ल्याउने तयारी गरेको छ । कार्यकाल सकिनै लाग्दा प्रदेशसभाको वैठकबाट विधेयक पारित हुने अवस्था नरहेपछि सरकारले अध्यादेशवाटै भए पनि विधेयक ल्याउने तयारी गरेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसकाे अवसरमा शुभकामना

काठमाण्डाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पक–मल दाहाल (प्रचण्ड)ले संविधान दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देश जस्ताकाे तस्तै :- २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक… पुरा पढौ

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : मन्त्री पाैडेल

पाेखरा, २५ भदौ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए ।उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले अागामी चुनावमा जित्न पर्ने बताए ।उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै… पुरा पढौ

१७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

काठमाडौँ, ३ भदौराष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो… पुरा पढौ